जनकपुर, चैत १५
मिटरब्याज पीडितको आन्दोलनमा प्रदेश प्रदेश सरकारको समर्थन रहेको जनाएको छ ।
बुधबार मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज एक विज्ञप्ति जारी गर्दै मिटरब्याज पीडितको आन्दोलनमा समर्थन रहेको जनाउँदै तत्काल समस्या समाधानका लागि संयुक्तरुपमा लड्नुपर्ने बताएका छन् ।
मुख्यमन्त्री यादवले मिटरब्याज मधेश प्रदेशको समस्या नभएको बताउँदै मुख्यमन्त्री यादवले यसले गरीब झनै गरीब हुने भएकाले यो समस्याविरुद्ध संयुक्तरुपमा लड्न आह्वानसमेत गरे ।
उनले मिटरब्याज पीडितको समस्या मधेश सरकारको पनि सरोकार र दायित्व रहेकाले प्रदेश सरकारको समर्थन रहेको स्पष्ट पारे ।