जनकपुर, चैत १५

मधेश प्रदेशमा विद्युत प्राकिरणका कर्मचारीहरु न्याय, क्षतिपूर्ति तथा शान्ति सुरक्षाको माग राख्दै आन्दोलनमा उत्रेका छन् ।

एक महिना अघि रौतहटको मौलापुरमा भएको घटनालाई लिएर आन्दोलनरत्त रहेका विद्युत कर्मचारीहरुले प्रदेशव्यापीरुपमा आन्दोलनमा उत्रेका छन् ।

रौतहटको मौलापुरमा भएको मेलामा विद्युत जडानको विषयमा विद्युत प्राधिकरणका कार्यालय प्रमुखसहित केही कर्मचारीलाई अभद्र व्यवहारसहित कुटपीट गरेको भन्दै विद्युतका कर्मचारीहरु चरणवद्ध आन्दोलनमा उत्रेका छन् ।

उनीहरुले नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका कार्यालय प्रमुख अरुण कुमार साहलाई अभद्र व्यवहार गरेको र सहायक ईन्जिनियर महेन्द्र चौधरीलाई कुटपीट गर्दै जवर्जस्ती घिसार्दै लगेको भन्दै आरोपितलाई तत्काल कारवाही गर्न माग गरेका छन् ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ मधेश प्रदेशका अध्यक्ष राजकिशोर भिनवारले आम जनता पार्टीका अध्यक्ष त्रिभुवन साहको नेतृत्वमा २० जनाको समुहमा प्राधिकरणको कार्यालयमा आएर कार्यालय प्रमुख र सहायक ईन्जिनियरलाई दुव्र्यवहारसहित कुटपीट गरेकाले शान्ति सुरक्षाको ग्यारेन्टी तथा अवैध विद्युत जडान गर्नेलाई कारवाहीलगायतका माग राखेर आन्दोलनमा उत्रेको बताए ।

No description available.

उनीहरुले नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका कर्मचारीलाई कुट्ने त्रिभुवन साह, धिरज पाण्डेलगायतका अराजक व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कानूनी कारवाही गर्नुपर्ने, मौलापुर वितरण केन्द्र रहेको क्षेत्रका ७५ प्रतिशत जनतालाई पायक पर्ने ठाउँ शिवनगर अथवा गरुडामा वितरण केन्द्र स्थानान्तरण गर्नुपर्ने, राष्ट्रसेवक कर्मचारीहरुको शान्ति सुरक्षाको प्रत्याभुति गर्नुपर्ने, पीडितलाई समानसहित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने तथा मौलापुरको केही होटलहरु र मौलापुर वडा कार्यालयमा अनिाधिकृत विद्युत प्रयोग गरिरहेकोमा त्यसको नियन्त्रण गर्न क्षतिपूर्ति र बाँकी बक्यौता असुल उपर गर्न पर्याप्त शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्ने माग राख्दै आन्दोलित भएका छन् ।

गत फागुन १५ गते रौतहटको मौलापुरमा भएको मघानी महायज्ञमा मौलापुर विद्युत वितरण केन्द्रलाई विद्युत जडानका महायज्ञ आयोजकले जडानका लागि भनेको थियो । तर वितरण केन्द्रका प्रमुख अरुणकुमार साहले विद्युत जडानका लागि निवेदन लेखेर दर्ता गराउन भनेपछि स्थानीय त्रिभुवन साहको अगुवाईमा २० जनाको समुहले गालीगलौज तथा कुटपीट समेत गरेको थियो ।

No description available.