खोजवाणी संवाददाता
जनकपुर, साउन ३०

हिन्दु धर्मावलम्बीहरुको पवित्रस्थल जानकी मन्दिर परिसरमा लगाइएको मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको होर्डिंग बोर्डबाट तस्विरलगायतका प्रचारप्रसारका सामग्रीहरु स्थानीय यूवाहरुले हटाएका छन् ।

जानकी मन्दिर प्रचारप्रसार गर्ने स्थल नरहेकाले मुख्यमन्त्री यादवसहित पोस्टर, पम्पलेटलगायतका फोहरहरुसमेत स्थानीय युवाहरुले हटाएका हुन् ।

मन्दिर परिसरमा लगाइएको गैर धार्मिक प्रचारप्रसारसहितका पोस्टरलगायतका सामग्रीहरु हटाएर सफासुघर तथा मन्दिरमा धर्मकर्मबारे जानकारी दिनेलगायतका समग्रीहरु राख्दा उचित हुने युवा अभियन्ता सरोज मिश्रले जानकारी दिए ।

पटक पटक सरोकारवालालगायत मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारी, जनकपुरधाम उपमहानगरका मेयर तथा जानकी मन्दिरका महन्तसमेतलाई ध्यानाकृष्ट गराउँदा पनि नहटाएपछि बाध्य भएर युवाहरुको सक्रियतामा गैर धार्मिक प्रचारप्रसार सामग्रीहरु हटाइएको युवा अभियन्ता मिश्रले बताए ।

May be an image of 3 people

May be an image of 2 people and tree