श्याम‘सुन्दर’ यादव की श्याम‘किशोर’ यादव ?

मिथुन साह
जनकपुर, भदौँ १५ 

नेपाली काँग्रेसको भ्रातृसंगठनमा पनि ठुलाबडा नेताहरुको हस्तक्षेप गर्दा गुटगत गतिविधि मौलाउँदै गएको छ ।

देशव्यापीरुपमा काँग्रेसमा जागरण ल्याउनका लागि विशेष अभियान सञ्चालन गरिरहँदा धनुषाको नेपाल किसान महासंघमा सहमन्त्री महेन्द्रप्रसाद यादवका कारण गुटगत गतिविधि मौलाउँदै गएको काँग्रेसीजनको आरोप लगाएको हो ।

पुर्वमन्त्रीसमेत रहेका सहमहामन्त्री महेन्द्र यादव र पुर्वमन्त्री विमलेन्द्र निधि बीचको टकरावले बेलाबखत काँग्रेस र पार्टीको भ्रातृसंगठनहरुलाई समेत नेताहरुको प्रयोगबाट जोगाउन नसकिँदा विवाद निम्त्याउने अखाडा बनेको छ ।

नेपाल किसान महासंघ केन्द्रीय समितिको एक मनोनयनपत्रले गर्दा गुटगत विवादले समानान्तर समिति गठन भएको छ ।

महासंघ धनुषा जिल्ला अध्यक्षको मनोनयन पत्र श्यामकिशोर यादवलाई सहमहामन्त्री महेन्द्र यादवले हस्तान्तरण गरेपछि विवाद उत्पन्न भएको हो ।
नेपाल किसान महासंघले करिब तीन महिना अघि श्यामसुन्दर यादवलाई जिल्ला अध्यक्षमा मनोनयन गरिएको पत्र पठाएको थियो । सो पत्र उनले धनुषाको काँग्रेस जिल्ला पार्टी कार्यालयमा दर्तासमेत गराए । तर सो पत्र प्राप्त गरेको तीन महिना नवित्दै पूर्वमन्त्रीसमेत रहेका सहमहामन्त्री महेन्द्र यादवले लिपपोत गरी महासंघको पत्र श्यामकिशोर यादवाई हस्तान्तरण सहित थमौती गर्दा धनुषामा लामो समयदेखि साम्य रहेको विवाद फेरी जुर्मुराएको छ ।

No description available.

सहमहामन्त्री महेन्द्र यादवले हस्तान्तरण गरेको पत्रमा टिपेक्स लगाइएको छ भने श्यामसुन्दर यादवको पत्र प्रस्ट छ । कुनैपनि किसिमले लिपपोत गरिएको छैन ।

किसान महासंघले दिएको दुवै पत्र हुबहु रहेको छ भने यस पत्रमा देखिएको मिति, पत्र संख्या र चलानी नम्बर पनि हुबहु नै रहेको पाइएको छ । तर यी दुवै पत्रमा भने श्यामसुन्दर यादवको ठाउँमा श्यामकिशोर यादव लेखिएको छ । जसमा श्याम किशोर यादवको पत्रमा टिपेक्स लगाएर लेखिएको आशंका काँग्रेस धनुषाका सहसचिव विजय यादवले गरेका छन् ।

No description available.

तीन महिना अघि महासंघको पत्रसहित काँग्रेस धनुषाको पार्टी कार्यालयमा श्यामसुन्दर यादवले दर्ता गराई २१ सदस्यीय समितिसमेत गठन गरिसकेकाले उनैलाई मान्यता दिइने सहसचिव विजय यादवले स्पष्ट पारे ।
तर तीन महिना नवित्दै सहमहामन्त्री महेन्द्र यादवले सोही पत्रमा टिपेक्स लगाएर अन्य व्यक्तिलाई हस्तान्तरण गर्नु पार्टीलाई प्रभावित गर्न खोजेको उनले आरोप लगाए ।

काँग्रेस धनुषाका जिल्ला सभापति योगी पँजियारको पहलमा किसान महासंघ केन्द्रीय समितिको अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाद्वारा हस्ताक्षरित पत्रमा श्यामसुन्दर यादवको नाममा पठाएको थियो ।

जिल्ला सभापति पँजियारका निकट रहेका महाधिवेशन प्रतिनिधि रामपल्टन साहले श्यामसुन्दर यादवलाई बधाई तथा शुभकामनासमेत सामाजिक सञ्जालको माध्यमबाट दिएका थिए । सभापति पँजियार र महाधिवेशन प्रतिनिधि साहसमेत पुर्वमन्त्री विमलेन्द्र निधिका निकटतम् मानिन्छ ।

No description available.