खोजवाणी संवाददाता
जनकपुर, भदौँ १५
नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विषेश रुपान्तरण अभियानको पुर्ण तयारी भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
शनिबारदेखि माओवादीले सुरु गर्न लागेको तीन महिने रुपान्तरण अभियानमा पार्टीका सबै पदाधिकारीदेखि केन्द्रिय सदस्यहरुलाई देशभरका विभिन्न वडामा जिम्मेवारी तोकिएको छ ।
जनतासँग माओवादी विषेश रुपान्तरण अभियानका लागि सम्पूर्ण तयारी पुरा भएको धनुषाको जिम्मेवारी पाएका नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अजयशंकर नायक अविनाशले जानकारी दिए ।
उनले धनुषाको १८ वटै पालिकाको वडाबाट नै जनतासँग माओवादी विषेश रुपान्तरण अभियानको उद्घाटन गरी तीन महिनासम्म निरन्तररुपमा जारी रहने बताए ।
पुर्वमन्त्रीसमेत रहेका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज अविनाशले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान मार्फत वडा कमिटीहरुको बैठक, वडास्तरसम्म पार्टी कार्यलय स्थापना, सदस्यता नविकरण, हरेक वडा र टोलहरुमा भेटघाट, जनसंघर्ष प्रमुखतासहित जनस्तरसम्ममा छलफल गर्ने, वडा तथा नगर कमिटीको पुनर्गठन गर्नेलगायतका योजनाहरु तीन महिनामा सम्पन्न गर्ने योजना रहेको बताए ।
उनले यस अभियानबाट जनताको घरघरमा गएर राजनीतिकदेखि पारिवारिक समस्या बुझ्ने र जनताको पार्टी बनाउने अभियानमा लागिपरेको बताए ।

पार्टीको साउन १७ देखि २१ मा सम्पन्न चौँथो पूर्ण केन्द्रीय समिति बैठकले तय गरेको जनतासँग माओवादी विशेषण रुपान्तरण अभियानमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि केन्द्रीय सदस्यसम्मलाई विभिन्न वडाका लागि खटाइएको छ ।
शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट भर्चुअल उद्घाटन हुने अभियानपछि नै अध्यक्ष प्रचण्ड आफ्नो जिम्मेवारी परेको वडा काठमाडौँको चन्दागिरी नगरपालिका अन्तर्गत वडा नम्बर २ स्थित घट्टेडाँडा पार्कबाट विशेष सम्बोधनसहित अभियानलाई अघि बढाइने भएको छ ।

