खोजवाणी संवाददाता
जनकपुर, भदौँ १६ 

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले आजदेखि तीन महिनेसम्म जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु गर्दै छ । यसलाई माओवादीले अन्तिम परीक्षाको रुपमा लिएको छ ।

देशभरका ७ हजार २४३ वडामा एकैसाथ सुरु हुने ‘जनतासँग माओवादी ः विशेष रुपान्तरण अभियान’का क्रममा शीर्ष नेताहरू पनि वडावडामा पुग्ने पुगेर उद्घाटन गर्ने २५ लाख जनतासँग प्रत्यक्ष भेटघाट गरी रुपान्तरण हुने लक्ष्यसमेत लिएको जनाइएको छ ।
माओवादी केन्द्रका प्रवक्ता तथा प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाका अनुसार अभियानको आज ९ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् ।

औपचारिक कार्यक्रम भने दिउँसो १ बजेबाट देशव्यापीरुपमा हुँदैछ । यसक्रममा प्रधानमन्त्री प्रचण्ड चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित घट्टेडाँडाको कार्यक्रममा जाने छन् ।

अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई सुन्ने माओवादीले आफुलाई रुपान्तरण गर्ने जनाएको छ ।

यस्तो छ नेताहरुको जिम्मेवारी

maoist-leader

m1

m2

m3