खोजवाणी संवाददाता
जनकपुर, भदौँ १८

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत नेकपा माओवादी केन्द्र कमला नगरपालिकामा विभिन्न समिति गठन गरेको छ ।

माओवादी केन्द्रको कमला नगरपालिकामा नगर समिति बैठकबाट आर्थिक समिति, प्रचारप्रसार समिति, जनसाँस्कृतिक सिमति, आइटी समितिहरु गठन गरिएको युवा नेता उदयकुमार बरबरिया यादवले जानकारी दिएका छन् ।

रामभगत यादवको संयोजकत्वमा ४ सदस्यीय आर्थिक समिति चयन गरिएको छ । यस आर्थिक समितिको सदस्यहरुमा समशेर राइन, विनय गोरहान, शिव लखन मण्डल रहेका छन् ।

त्यस्तै इन्द्रदेव यादवको संयोजकत्वमा ३ सदस्यीय प्रचार प्रसार समिति चयन गरिएको छ । प्रचारप्रसार समितिको सदस्यहरुमा राम इश्वर महतो, कपिलदेव विराजी रहेका छन् ।

त्यसैगरी बलराम बिराजी यादवको संयोजकत्वमा ४ सदस्यीय व्यवस्थापन समिति चयन गरिएको छ । यस समितिको सदस्यहरुमा रामकरण यादव, किशोरी दास, माधव यादव रहेका छन् ।

त्यस्तै दिप महतोको संयोजकत्वमा ५ सदस्यीय जनसाँस्कृतिक समिति गठन गरेको छ । यस समितिको सदस्यहरुमा रामसोगार्थ यादव, श्याम यादव, जितेन्द्र मण्डल, भुटाइ साह रहेका छन् ।

त्यस्तै सुर्यदेव यादवको संयोजकत्वमा ५ सदस्यीय आइटी समिति गठन गरेको छ । यस समितिको सदस्यहरुमा सुरेन्द्र यादव, अजय यादव, रबिन्द्र गोइत, नरेश यादव रहेका छन् ।

कमला नगरपालिका नगर समितिको अध्यक्ष देबु यादवको अध्यक्षता तथा माओवादी केन्द्रको मधेश प्रदेश सदस्य तथा अभियानका कमान्ड नम्बर २ का इन्चार्ज उदय बरबरिया यादवको प्रमुख आतिथ्यतामा विभिन्न समितिहरु गठन गरिएको छ ।

No description available.