
खोजवाणी संवाददाता
जनकपुर, भदौँ, १९
मिथिला–मधेशको राजधानी जनकपुरधाममा भूमि लोक महोत्सव हुने भएको छ ।
सांगितिक पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले पहिलो पटक जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको सांगितिक प्रस्तुति आउँदो कार्तिक १७ गते शुक्रबारको दिन गर्ने भुमि मिडियाले जनाएको छ ।
मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै भूमि मिडियाका संस्थापक निर्देशक रञ्जन झाले भूमि लोक महोत्सव जनकपुरधाम स्थित तिरहुतिया गाछीमा आयोजना गरिने र यसका लागि आन्तरिक तयारीमा जुटेको बताए ।
उनले महोत्सवमा मिथिला क्षेत्रको गीत–संगीत तथा साधकहरुको प्रवद्र्धन गर्दै लोपोन्मुख परम्परागत सांगितिक विधाको संरक्षणमा समेत महत्वपुर्ण योगदान पु¥याउने उद्देश्य रहेको स्पष्ट पारे ।
सांगितिक क्षेत्रमा साढे दुई दशकदेखि पृथक पहिचान बनाउन सफल भएका संस्थापक निर्देशक झा र कार्यक्रम व्यवस्थापनमा एक दशकदेखि सक्रिय रहेकी तृष्णा सिंह भण्डारीको पहलकदमी तथा सक्रियतामा आयोजना भएको छ ।
यस भुमि लोक महोत्सवमा ख्यातिप्राप्त संगित साधकहरुलाई समेत जनकपुरधाममा भेला गराइने छ भने महोत्सव अवधिभर मधेश र मिथिलाको झल्को दिने गरी विभिन्न लोक झाँकी प्रदर्शन गरिने आयोजकले जनाएको छ । यसका साथै महोत्सवमा विभिन्न स्टलहरु पनि राखिने छ ।