खोजवाणी संवाददाता
जनकपुर, भदौँ १९

तराई मधेशमा धर्म परिवर्तनको व्यापक विरोध भइरहेको बेला जनकपुरधाममा अन्य धर्मको प्रचारप्रसार गरिरहेको आरोपमा हिन्दु सम्राट सेनाले कालोमोसो दलेको छ ।

क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै धर्मान्तरण गराउन खोजेको आरोपमा हिन्दु सम्राट सेनाको एक समुहले एक महिला र एक पुरुषलाई कालोमोसो दलेको हो ।

क्रिश्चियन धर्मको प्रचारप्रसार गर्ने र हिन्दु धर्मावलम्बीहरुलाई लोभलालचमा पारी धर्मान्तरण गराइरहेको उनीहरुको आरोप छ ।

उनीहरुलाई जनकपुरधामको परिक्रमा सडकमा क्रिश्चियन धर्मको प्रचार गरिरहेको बेला पक्राउ गरी हिन्दु सम्राट सेनाका अमित राउतले कालोमोसो दलेको दावी गरेका छन् ।

क्रिश्चियन धर्मको प्रचारप्रसार गरिरहेका दुवै जनालाई कालोमोसो दलेर स्थानीय प्रहरीमा बुझाएको हिन्दु सम्राट सेनाका अगुवा मञ्जु मण्डलले बताइन् ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।