खोजवाणी संवाददाता
जनकपुर, भदौँ, १९

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिको सम्पन्न भएको विस्तारित बैठकको निर्णय सार्वजनिक गरेको छ ।

मंगलबार जनकपुरधाममा लोसपा नेपालका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले पत्रकार सम्मेलनबाट संघीय सरकारले प्रहरी समायोजन तथा प्रहरी समन्वय ऐनलाई कार्यान्वयनमा नल्याउँदा प्रदेश सरकार कमजोर देखिदा संघियता माथि प्रश्न खडा भएको बताए ।

उनले संघीयतालाई संस्थागत तथा जनतालाई अनुभुति दिलाउनका लागि पनि तत्काल संघीय प्रहरी ऐन कार्यान्वयन गर्न संघीय सरकारसँग माग गरेका छन् ।

मधेश सरकारका पूर्वमन्त्रीसमेत रहेका लोसपाका प्रदेश अध्यक्ष सोनलले संघीय सरकारले प्रदेश सरकारलाई प्रदेशमा शान्ति सुरक्षाको दायित्वबाट वञ्चित गर्दै संघीयतालाई संस्थागतमा समस्या उत्पन्न भएको बताए ।

लोसपा मधेश प्रदेश बैठकबाट लोसपालाई सांगठनिक सुदृढिकरणका लागि जिल्ला, पालिका, वडा तथा बुथस्तरसम्ममा आन्तरिक संगठन कमिटीको गतिविधिको समिक्षा गर्दै सुधारका लागि अभियान चलाउने निर्णय भएको उनले बताए ।

No description available.

मधेशमा सुख्खा र बाढीबाट प्रताडित भएर समस्या समाधानका लागि स्थायीरुपमै प्रकृतिमाथि निर्भर नभई यसको सामाधानका लागि चुरे क्षेत्रमा भइरहेको अनियन्त्रित दोहन तथा अनियमित बसोबासलाई नियमन गर्नका लागि सबै तहका सरकारले मिलर चुरे र मधेश बचाउन अभियान चलाउनु आवश्यक रहेका नेता सोनलले आग्रह गरेका छन् ।

उनले पिउने पानीको सतह दिनानुदिन घट्दै गएर मधेशमा शुद्व खानेपानीको समस्या बढ्दै गएकाले समस्या समाधान र पानी सहज उपलब्धताका लागि तिनै तहको सरकार मिलेर समाधानको काम गर्न अपरिहार्य रहेको बताए ।

त्यस्तै मिटर ब्याज सम्बन्धि कानुन कानुनका रुपमा नभई त्यस कानुनको आडमा भइरहेको अस्तव्यस्तता र प्रशासनिक हस्तक्षेपका कारण धेरै जनता पिडित भइरहेकाले विधि र कानुन अनुसारनै कुनै पनि कानुन कार्यान्वयनका लागि उनले सरकारसँग माग गरे ।

आमाको नाममा सन्तानलाई नागरिकताबाट बञ्चित हुनुपरेकाले तत्कालै ऐन कानुन नियमावली संशोधन गरि आमाको नामबाट नागरिकता दिनका लागि संघीय सरकारसँग उनले माग गरेका छन् ।