खोजवाणी संवाददाता
जनकपुर, भदौँ २१

नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा भएको सांघातिक आक्रमणको युवा तथा विद्यार्थीहरुले संयूक्तरुपमा विरोध गरेका छन् ।

काँग्रेसको भ्रातृसंगठन तरुण दल धनुषा र नेपाल विद्यार्थी संघ धनुषाले संयूक्तरुपमा घटनाको विरोधमा जनकपुरधाममा सडक अवरुद्ध गर्दै प्रदर्शनसमेत गरेका हुन् ।

तरुण दल र नेविसंघका कार्यकर्ताहरुले जनकपुरधामको रामानन्द चोकमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै टायर बालेर प्रदर्शन गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामासमेत मागेका छन् ।

उनीहरुले महामन्त्री यादवमाथि भएको खुकुरी प्रहार गरी भएको सांघातिक आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेका छन् ।

May be an image of 11 people and fire

खुकुरी प्रहार गर्ने अपराधीसमेत रहेका राजावादी श्यामबहादुर सापकाटोलाई कडा कारबाही गर, गृहमन्त्री मुर्दावाद, लोकतन्त्र विरोधी होसियारलगायतका नारावाजीहरुसमेत उनीहरुले गरेका छन् ।

बुधवार कांग्रेसका सहमहामन्त्री यादवमाथि आफुलाई राजावादी बताउने श्यामबहादुर सापकोटाले योजनावद्धरुपमा खुकुरीले टाउकोमा प्रहार गरेका थिए ।

May be an image of 7 people

उनको ट्रमा सेन्टरको आइसियूमा उपचाररत्त छन् भने उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको चिकित्सकले जनाएको छ ।

May be an image of 9 people and fireMay be an image of 10 people and fire