खोजवाणी संवाददाता
जनकपुर, भदौँ २४

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत नेकपा माओवादी केन्द्र धनुषाले कमला नगरपालिकामा एक महिने कार्ययोजना तालिका सार्वजनिक गरेको छ ।

धनुषा माओवादीको कमान्ड नम्बर २ स्थित कमला नगरपालिकाको बैठकबाट वडा बैठकदेखि भेलासम्म गर्नका लागि एक महिने कार्ययोजना तालिका सार्वजनिक गरेको हो ।

धनुषाको कमान्ड इन्चार्ज उदय कुमार बरबरियाको प्रमुख आतिथ्यतामा बसेको बैठकबाट एक महिने कार्य योजना तालिका सार्वजनिक गरिएको छ ।

यस बैठकबाट कमान्ड नम्बर २ अन्तर्गत कमला नगरपालिकाका वडाहरुमा बैठक, भेला तथां प्रशिक्षण संचालन गर्न १ महिने योजना तालिका निर्माण गरेको हो ।

May be an image of 10 people and people studying

माओवादी जनताको पार्टी भएकोले जनताका लागि काम गर्दै सुशासनको पक्षमा जनताका लागि वकालतसहित कामसमेत गर्नेलगायतका पार्टी र जनतालाई प्रत्यक्षरुपमा जोड्नका लागि यस अभियानले महत्वपूर्ण कडी रहेको कमान्ड इन्चार्ज बरबरियाले बताए ।

May be an image of 6 people