खोजवाणी संवाददाता
सर्लाही, भदौँ २४

सर्लाहीमा मुर्ति सेलाउने विषयमा भएको दुई समुदाय सदरमुकाम मलंगवामा लगाईएको निषेधाज्ञालाई आजपनि निरन्तरता दिँदै तीनसम्म थप गरेको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जारी गरेको सूचनामा आज आईतबार बिहान ८ बजेसम्मका लागि घोषणा गरिएतापनि यस निषेज्ञाको अवधी बढाएर यही भदौँ २७ गतेसम्मलाई थप गरेको हो ।

शुक्रबार कृष्ण भगवानको प्रतिमा बिसर्जनका लागि मलंगवामा स्थित नदीमा लैजाने क्रममा हिन्दु–मुस्लिम समुदायबीच विवाद उत्पन्न भएको थियो । उत्पन्न भएको विवादलाई नियन्त्रणमा लिनका लागि स्थानीय प्रशासनले यस क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । शनिबार नै प्रशासन कार्यालयले सूचना जारी गर्दै निषेधाज्ञा लगाएको थियो ।

शनिबार साँझ ४ बजेदेखि आईतबार बिहान ८ बजेसम्मको लागि मात्र भनिएपनि अवस्था तनावग्रस्त रहेको देखेपछि स्थानीय प्रशासनले अवस्था सामान्य नहुञ्जेलसम्मका लागि निषेधाज्ञाको अवधिलाई थप गरी लम्ब्याएको हो । निषेधाज्ञा बुधबार राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साविक मलंगवा नगरपालिका क्षेत्रको पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, उत्तरमा अस्थायी प्रहरी चौकी तथा बाबा पेट्रोल पम्प र दक्षिणमा नेपाल भारत सीमा क्षेत्रसम्म निषेधाज्ञा लगाइएको छ ।

May be an image of text

साविक मलंगवा नगरपालिका क्षेत्रको पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, उत्तरमा अस्थायी प्रहरी चौकी तथा बाबा पेट्रोल पम्प र दक्षिणमा नेपाल भारत सीमा क्षेत्रसम्म निषेधाज्ञा लगाइएको छ ।