खोजवाणी संवाददाता
जनकपुर, भदौँ २६

मधेश प्रदेशकी प्रदेशसभा सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्यसमेत रहेकी प्रदेशसभा सदस्य यादव क्यान्सर रोगका कारण उनको आज बिहान निधन भएको हो । उनी क्यान्सर रोगबाट पीडित थिइन् ।

जसपाले उनलाई समानुपातिकबाट प्रदेशसभा सदस्य बनाएको थियो ।