खोजवाणी संवाददाता
जनकपुर, भदौँ २८

बिरेन्द्र लाल कर्णको अध्यक्षतामा नेपाल सितोरियो कराते संघ धनुषा १७ सदस्यीय समिति गठन गरिएको छ ।

नेपाल सितोरियो कराते संघ धनुषा जिल्ला कार्य समितिको बैठकबाट अध्यक्षमा कर्ण, पृथ्वीमान लामा, शिवशंकर यादव र सुमन पुलामी उपाध्यक्ष, सुभाष कुमार शर्मा सचिव, वाल्मिकी भगत सहसचिव र कोषाध्यक्षमा विनोदकुमार अधिकारीलाई सर्वसम्मतरुपमा चयन गरिएको हो ।

त्यस्तै सदस्यहरुमा निश्चल सिंह, रिया सिंह, दिपेन्द्र लाल कर्ण, ईसराफुल राईन, सुमित मिश्रा, रोशन यादव, रमेश साह, किसन मण्डल, दिलिप धामी, रञ्जित कुवँरलाई चयन गरिएको छ ।

त्यसैगरी नेपाल सितोरियो कराते संघ मधेश प्रदेशको अधिवेशनको प्रतिनिधिहरु समेत छनोट गरिएको छ ।

प्रदेश अधिवेशन प्रतिनिधिमा रामचन्द्र ठाकुर, जिवछ भगत, पाल छङ योञ्जन, बिरेन्द्र लाल कर्ण, निश्चल सिंह, र रामबाबु साहलाई छनोट गरिएको छ भने अखिलेश कर्णलाई पर्यवेक्षकको रुपमा सहभागी गराइने भएको छ ।