खोजवाणी संवाददाता
काठमाण्डौ, भदौँ २८

नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि हुँदै छ ।

नेपाल सरकारले नेम्वाङको राजकीय सम्मान साथ अन्त्येष्टि गर्ने जनाएको छ भने यसका लागि आज शोकस्वरुप सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । नेम्वाङको सोमबार राति हृदयाघातबाट निधन भएको थियो ।

त्यस्तै एमालेले उपाध्यक्ष नेम्वाङको शवयात्राको रुट तय गरेको छ ।

एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज– नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट पु¥याइने जानकारी दिए ।