
खोजवाणी संवाददाता
काठमाण्डौ, भदौँ २८
संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङलाई छोरा मिङ्सो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् ।
बिहीबार पशुपति आर्यघाटमा उनीहरुले दिवंगत पिता नेम्वाङलाई छोराहरु मिङ्सो र सुहाङले दागबत्ती दिएका हुन् ।
स्व. नेम्वाङको राजकीय सम्मानका साथ आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको मंगलबार हृदयाघातका कारण निधन भएको थियो ।