खोजवाणी संवाददाता
सिरहा, भदौँ २८

सिरहाको औरहीमा पत्रकार सन्तोष यादवमाथि सांघातिक आक्रमण गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवल किशोर यादव छन् ।

चिया पिउने क्रममा पत्रकार यादवमाथि धारिलो हतियार प्रहार गरेको थियो । घटनापछि आरोपित नवल किशोर यादव, प्रभु यादव र रमण यादव लाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिरहामा राखेको छ ।

नवल किशोर यादवले सामाजिक संजालमा पत्रकार यादवको चरित्रहत्या गर्नेगरी अपशब्दसमेत प्रयोग गरी लेखेका थिए । यसै विषयमा भएको ववादले उग्ररुप लिएपछि हातहालाहालसमेत भएको थियो ।

हतियार प्रहारबाट घाँटीमा सामान्य घाउ लागेको छ । घटनापछि प्रहरीले आरोपत नवल किशोर यादव र उनका भतिजलाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ ।

सन्तोष यादव भने नेपाल प्रेस अनलाइन न्यूज पोर्टलमा मधेश प्रदेश समाचारदाता हुन् ।