
खोजवाणी संवाददाता
जनकपुर, भदौँ २८
सत्तारुढ जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफ्ना मन्त्रीलाई अनियमितता रोक्नका लागि सुझाव दिएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहलाई विगतदेखि हुँदै आएको अनियमितता रोक्न सुझाव दिएका हुन् । जनमत पार्टीबाट मन्त्री बनेकी शाहलाई मन्त्रालयमा विगतदेखि हुने गरेको अनियमितता रोक्न छलफलपछि ६ बुँदे सुझाव दिएका हुन् ।
अध्यक्ष राउतले निजामती कर्मचारीहरूको कल्याण र भ्रष्टाचाररहित सार्वजनिक प्रशासन नै आफूहरूको उद्देश्य भएकाले मन्त्रालय परिसरमा चलखेल रोख्न सीसीटिभी जडान गर्ने, बिचौलियाको प्रवेश रोक्ने र कसैले कसैसँग पैसा लिएर सरूवा बढुवा गर्ने चलखेल रोक्न सुझाए ।
उनले पैसा कमाउने नियतले नै यस मन्त्रालयमा रहेका कर्मचारीहरूलाई अन्यत्र सरूवा गर्न पनि भनेका छन् । इन्जिनियरिङ स्टाफ कलेजको स्थापनाको लागि पहल गर्ने, निजामती सेवा ऐनमा समेट्नु पर्ने वा संशोधन गर्नुपर्ने उनले बताए ।