
खोजवाणी संवाददाता
जनकपुर, भदौँ ३०
जनता समाजवादी पार्टी (जसपा) नेपाल को भ्रातृसंगठन समाजवादी ट्रेड युनियन महासंघले प्रदेशस्तरीय जिम्मेवारी बाँडफाँड गरेको छ ।
जसपा नेपाल केन्द्रिय कार्यालयमा बसेको बैठकबाट कोशी प्रदेशको इन्चार्जमा यज्ञ राई, मधेस प्रदेशको इन्चार्जमा विश्वेश्वर राय यादव, बागमती प्रदेशको इन्चार्जमा सुरेश मोक्तान, गण्डकी प्रदेशको इन्चार्जमा पूर्ण मोक्तान, लुम्बिनी प्रदेशको इन्चार्जमा रामबिलाश यादव, कर्णाली प्रदेशको इन्चार्जमा सोनाम लामा र सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी बलराम चौधरीलाई जिम्मेवारी दिइएको हो ।
यस बैठकबाट जिम्मेवारी पाएका इन्चार्जले असोज २५ गतेभित्र प्रदेश समिति गठन, पुनर्गठन गर्नुपर्ने निर्णय गरेको छ । यसका साथै बैठकले मधेस प्रदेशको अध्यक्षमा उदयचन्द्र मिश्रलाई चयन गरेको छ ।
महासंघ अन्तर्गतका रहेका १५ वटै घटक संगठनहरू कार्तिक मसान्तसम्म गठन, पुनर्गठन गरिसक्नु पर्नेसमेत बैठकबाट निर्णय भएको छ । भने यस बैठकबाट मजदुर जिल्ला विशेष समितिको अध्यक्षमा गोविन्द तामाङलाई मनोनयन गरेको छ ।
पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन महासंघ संयुक्त संयन्त्रका प्रमुख रणध्वज कन्दङ्वाको प्रमुख आतिथ्यतामा बसेको बैठकबाट प्रशिक्षण, सदस्यता वितरण तथा जिल्ला प्रतिष्ठानसम्म संगठन विस्तारको योजना बनाएको महासंघका अध्यक्ष अर्जुन लम्सालले जनाएका छन् ।