खोजवाणी संवाददाता
जनकपुर, भदौँ ३०

मधेश प्रदेशको राजधानी जनकपुरधाममा नेकपा एमाले समर्थित राष्ट्रिय युवा संघ नेपालले दोश्रो सातापनि सार्वजनिक विदाको दिन सञ्चालन गरेको सवारीसाधनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने अभियानलाई निरन्तरता दिएको छ ।

No description available.

शनिबारसार्वजनिक विदाका दिनमा पनि सरकारी गाडीको दुरुपयोग गरेको भन्दै नियन्त्रणमा लिई प्रहरीलाई बुझाउने अभियानलाई युवा संघले निरन्तरता दिएको हो ।

जनकपुरधामको भानु चोकमा शनिबार विदाको दिनमा पनि सरकारी गाडी चलाएको भन्दै गाडी नियन्त्रणमा करिब १५ मिनेटमै आधा दर्जन भन्दा बढी सरकारी सवारीसधानलाई नियन्त्रणमा लिई धनुषा ट्राफिक प्रहरीलाई बुझाएको युवा संघका मधेश प्रदेश अध्यक्ष लव अधिकारीले जानकारी दिए ।

No description available.

जनकपुरधामसहित मधेश प्रदेशमै प्रदेश सरकारलगायतको सवारीसाधनको व्यापक दुरुपयोग भइरहेको पाइएपछि संघका मधेश प्रदेशका अध्यक्ष लव अधिकारीको नेतृत्वमा गत शनिबारदेखि नै अभियान सञ्चालन गर्दै सरकारी गाडी नियन्त्रणमा लिई ट्राफिक प्रहरीलाई बुझाउने गरेको छ ।

गत शनिबार एक घन्टाको अन्तरालमा १२ वटा गाडी नियन्त्रणमा लिई ट्राफिक प्रहरीको जिम्मा लगाइएको उनले बताए ।

उनले यस अभियानलाई प्रभावकारी बनाउँदै लगेपछि सरकारी सवारीसाधन दुरुपयोमा कमी हुन थालेको समेत बताए ।

No description available.