कार्यकर्तालाई प्रतिवाद गर्न अध्यक्ष यादवको निर्देशन

खोजवाणी संवाददाता
जनकपुर, भदौँ ३१

सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा पार्टीलाई कमजोर पार्नका लागि दुई वटा नेताको पार्टी परिचालन गरिएको बताएका छन् ।

आइतबार जनकपुरधाममा संगठन विस्तर अभियानको उद्घाटन गर्दै उनले जसपालाई कमजोर बनाउन प्रभु साह र सिके राउत परिचालन गरी षड्यन्त्र गर्ने काम भएकोले यसको प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

संघीयता कार्यान्वयनप्रति षड्यन्त्र भइरहेको भन्दै आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पुर्वमन्त्रीसमेत रहेका अध्यक्ष यादवले संघीयताका लागि कुनै पनि काम नभएको भन्दै अहिलेपनि यसका लागि निरन्तर आन्दोलनको आवश्यकता रहेकाले तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

उनले उपलब्धीको रक्षा गर्नका निम्ति जसपा मात्र रहेकाले दावी गर्दै अध्यक्ष यादवले राज्यशक्तिले जसपालाई कमजोर बनाउन दुईवटा पार्टीलाई खटाएकाले यसको प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिए ।

उनले प्रभु साह नेतृत्वको आमजनता पार्टी र डा. सिके राउतको जनमत पार्टीको मुख्य एजेन्डा नै जसपालाई कमजोर बनाउनु रहेकाले यसकोपनि भण्डाफोर गर्नका लागि नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।

उनले नेपालमा कम्युनिष्ट पार्टी र कम्युनिष्ट नेता नरहेको समेत जिकिर गरेका छन् ।

अध्यक्ष यादवले संविधान घोषणा भएको आठ वर्ष भएतापनि संविधानको मुल मस्तिष्क संघीयता कार्यान्वयनका लागि महत्वपुर्ण आठवटा कानुनहरुसमेत बन्न नसक्नु ठुलो षडयन्त्र रहेको बताए ।