
सर्लाही, असोज १
सर्लाहीमा बेवारिसे अवस्थामा गोली लोड गरिएको कटुवा बरामद भएको छ ।
सर्लाहीको बयलबास बजारबाट बेवारिसे अवस्थामा गोली लोड गरिएको कटुवा पेस्तोल प्रहरीले बरामद गरेको हो ।
जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर ६ स्थित बयलबास बजारस्थित सडकमा फालेको अवस्थामा गोली लोड गरिएको कटुवा बरामद गरिएको सर्लाही प्रहरीले जनाएको छ ।
सडक छेउमा पेस्तोलजस्तो वस्तु देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय केशरगंजमा जानकारी गराए लगतै घटनास्थल पुगेका प्रहरीले कटुवा बरमद गर्दा गोली पनि लोड भएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।
उनले लोड गरिएको कटुवाले कुनै अपराधिक व्यक्तिले घटना घटाउने उद्देश्य बनाएको हुनसक्ने भएको यस विषयमा थप अनुसन्धान भइरहेको बताए ।