खोजवाणी संवाददाता
जनकपुर, असोज २

सात वटै प्रदेशमा नेकपा एमालेले संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङको स्मृतिमा आज विचार गोष्ठी आयोजना गर्दैछ ।

संविधान दिवसको पूर्वसन्ध्यामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको जनकपुरधामसहित सात वटै प्रदेशमा आयोजना गर्न लागेको हो ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा हुने विचार गोष्ठी कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा हुने भएको छ ।

त्यस्तै कोशी प्रदेशको इलाममा रामबहादुर थापा ‘बादल’ प्रमुख वक्ता छन् भने गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, कर्णाली प्रदेशमा सुरेन्द्र पाण्डे र सुदूरपश्चिम प्रदेशमा विष्णुप्रसाद पौडेललाई प्रमुख वक्ता रहेको एमालेले जनाएको छ ।