खोजवाणी संवाददाता
जनकपुर, असोज २

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पडोसी मुलुकबाट आफ्नो मुलुकलाई जोगाउन सक्नु चुनौती रहेको बताएका छन् ।

मंगलबार जनकपुरधाममा संविधान दिवसको पूर्वसन्ध्यामा आयोजित ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीमा बोल्दै पुर्वमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलेले ठुला मुलुक चीन र भारत जस्ता मुलुकको बीचमा तरुल जस्तो नेपाललाई हरेक दृष्टिकोणबाट चुनौती रहेपनि आफ्नो स्वाभिमान र राष्ट्रियताको रक्षा नै आजको आवश्यकता रहेको बताए ।

उनले पडोसीहरु अर्काको घरमा ताकझाक गर्ने र आफ्नो स्वार्थ अनुसार उपयोग गर्ने दाउमा जस्तोसुकै मौका खोज्ने दाउमा रहेकाले यसबाट बच्नलाई राजनीतिक दल र सरकारलाई आग्रह पनि गरे ।

उनले ठुला दुई देश बीचमा रहेको हाम्रो मुलुक नेपाललाई जोगाउनका लागि सचेत हुनुपर्ने बताए ।

No description available.

उनले ठुला मुलुक दक्षिणमा भारत र पश्चिममा चीनबाट नेपाललाई सुरक्षित र सचेतढंगले राख्नका लागि राष्ट्रिय स्वाभिमान र राष्ट्रवादीहरुले राख्न सक्ने भएको बताए ।

उनले दुई ठुला मुलुकबाट आफ्नो मुलुक जोगाउन सकिएन भने आउने दिनमा ति देशहरुले नाम ठेगान नभएकाहरुको सन्तानलाई नेपालमा हुलकाहुल पठाएर मुलुकलाई कब्जामा लिनसक्नेदेखि आफ्नो सत्तास्वार्थ सिद्ध गर्न सक्ने हुनाले यसप्रति गम्भीर हुनुपर्ने बताए ।
संविधान जारी गर्ने क्रममा राष्ट्रपति देखि प्रधानमन्त्रीलगायत केही राजनीतिक दलका शीर्षनेताहरु र पडोसी मुलुकका नेताहरुसमेत संविधान जारी नगर्न भन्दै उर्दी दिईरहँदापनि सुवास नेम्वाङले संविधान जारी गरेको बताउँदै उनले नेम्वाङ संविधानका पिता रहेको बताए । उनले एमाले संविधान संशोधनको पक्षमा रहेको पनि स्पष्ट पारे । उनले संविधान संशोधनका लागि विभिन्न सवालमा छलफलको माध्यमबाट गर्न सकिने बताए ।

उनले एमालेले अबको ०८४ को मिसनबाट मुलुकको प्रधानमन्त्री र प्रदेशमा मुख्यमन्त्रीसमेत बनाउने भएकालेले ५१ प्रतिशत भन्दा अत्याधिक मत ल्याउने दावी गरे । उनले संविधानसभाका अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको स्मरण गर्दै उनले नेम्वाङ वामपन्थी राजनीतिबाट प्रभावित बाल्यकालदेखि नै प्रभावित रहेको बताका छन् ।

त्यस्तै एमालेका सचिव योगेश भट्टराईले सत्तारुढ दलकै शीर्षनेताहरु तस्कर र भुमाफिया रहेकै कारण प्रहरी प्रशासनमा सरुवा बढुवाको चलखेल भएको आरोप लगाए । उनले सत्तारुढ दलमै रहेको शीर्षनेताहरु सुन तस्करदेखि जग्गा भुमाफियामासंलग्न रहेको स्पष्ट प्रमाणहरु रहँदारहँदैपनि प्रमाण मेटाउने कामहरु भएको बताए ।

उनले सत्तारुढ दलका नेताहरु तस्कर र भुमाफिया फेलापरेपछि उनीहरु आफ्नो नेतालाई जोगाउनका लागि प्रहरी प्रशासनमा सरुवा बढुवाको अभियान चलाएर मुलुकलाई अस्तव्यस्त पार्न खोजेको बताए ।

No description available.

उनले मुलुकमा केही अतिवादीहरु हिन्दु–मुस्लिमको नाममा दंगा भड्काउन खोजेको भन्दै यसबाट सचेत भई समाजमा अराजकता मचाउने र खलल पुर्याउने षडयन्त्र भइरहेकाले यस विरुद्ध हुनुपर्ने बताए ।

त्यस्तै एमालेकी पोलिटव्यूरो सदस्य जुली महतोले आदरणीय सुवास नेम्वाङले सहमति र सहकार्यकै माध्यमको सर्जक रहेको बताइन् ।
धनुषा क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य महतोले मुलुकको राजनीतिक डिस्कोर्ष फेर्नेदेखि आर्थिक समृद्धिको बाटोमा डोर्याउने कामसमेत गरेको बताइन् ।

No description available.

एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवको अध्यक्षतामा भएको विचार गोष्ठीमा लिलानाथ श्रेष्ठलगायतकाले एमालेका संसदीय दलका उपनेतासमेत रहेका संविधानसभाका अध्यक्ष नेम्वाङको चर्चा परिचर्चा गरेका थिए ।