खोजवाणी संवाददाता
जनकपुर, भदौँ २

यही असोज ८ गते राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम भ्रमणका लागि आउने भएपछि नेपाली काँग्रेस सक्रिय भएका छन् ।

राष्ट्रपति पौडेलको भ्रमणलाई व्यवस्थित बनाउनका लागि कांग्रेसका नेतादेखि जनकपुधराम उपमहानगरपालिकासमेत भ्रमणलाई सफल बनाउनका लागि तयारीमा जुट्का हुन् ।

May be an image of 4 people and dais

राष्ट्रपति पौडेलको स्वागत तथा सत्कारका लागि पुर्वमन्त्रीहरु विमलेन्द्र निधि, आनन्द प्रसाद ढुङ्गाना र रामकृष्ण यादवलगायतकाहरु लगि परेका छन् ।

पुर्वगृहमन्त्रीसमेत रहेका नेता निधिको गृहनगरमा राष्ट्रपति पौडेलको आगमन हुने भएपछि यसका लागि स्वर्गीय महेन्द्रनारायण निधि भवन केन्द्रको अवलोकन तथा राजनीतिक दललगायतको सर्वदलीय बैठकमा बसेका छन् ।

May be an image of 10 people

राष्ट्रपति पौडेलले जनकपुरधाममा जानकी मन्दिर दर्शन, मन्दिरमा पुजाअर्चना तथा नागरिक अभिनन्दनलगायतका कार्यतालिका रहेको जनाइएको छ ।May be an image of 10 people and temple

नागरिक अभिनन्दनका लागि महेन्द्रनारायण निधि भवन केन्द्रको सभाकक्षमा गर्ने योजनाबारे सर्वपक्षीय बैठकमा छलफल भएको जनकपुरधाम उपमहानगरपालिकाले जनाएको छ ।

राष्ट्रपति पौडेलको जनकपुरधाम भ्रमण र यसक्रममा रहेका विभिन्न कार्यक्रमसहितको व्यवस्थापनका लागि सम्भावित स्थलहरुबारे छलफल भएको बताइएको छ ।

May be an image of 12 people and templeMay be an image of 10 people