धनुषाका एसपी र डिएसपीलाई कारवाही नगरिए गृह मन्त्रालय घेर्ने चेतावनी

खोजवाणी संवाददाता
जनकपुर, असोज ४

कविता यादव र आरती साहको हत्याकाण्ड विरुद्ध जनकपुरधाममा प्रदर्शन भएको छ ।

बिहीबार जनकपुरधाममा उनीहरुको हत्यारालाई कारवाहीको माग गर्दै विभिन्न चोकमा प्रदर्शन गरेको हो ।

गत वर्ष अघि कविता यादवको विवाह महोत्तरीको भ्रमरपुरामा विमलेन्द्रप्रसाद यादवसँग मागी विवाह भएको थियो । केटा पक्षले माग गरेबमोजिम नै दाइजोमा कविताको अभिभावकले ८ लाख रुपैयाँ नगद, ६ तोला सुनलगायतका गरगहना, फ्रिज, रेफ्रिजेटर, एचडि टिभि, अपाचि मोटरसाइकल, बक्सपलंग, भाँडावर्तनलगायत भान्छाकोठादेखि बेडरुमसम्मका विभिन्न सरसामग्रीहरुसमेत दिएको थियो ।

तर २३ वर्षिया कविताको विवाह भएको वर्ष दिन नवित्दै २६ वर्षिय श्रीमान विमलेन्द्र प्रसाद यादव र उनका परिवारजनले बर्बर यातना दिई हत्या गरेको माइतीपक्षले आरोप लगाएका छन् ।

गत असोजमा कविताको हत्या उनकै श्रमिान र उनका परिवारजनले निमर्मतापुर्वक कुटपीट गर्दै हत्या गरी फ्यालिदिएको थियो । शव गाड्ने क्रममा माइत पक्षले देखेपछि हतारहतारमा जनकपुरधाम स्थित न्युरो होस्पिटलदेखि सुरक्षा अस्पतालसम्म उपचारका लागि चिकित्सकहरुलाई गुहार्दापनि बचाउन नसकेकोमा आमा ममतादेवी यादव निकै पिडादायी अवस्थामा छिन् ।

No description available.

हत्या भएको वर्षदिन वितिसक्दा पनि कविताका हत्याराहरु निर्वाधरुपमा समाजमा शिर ठड्याउँदै घुमिरहँदा पनि प्रहरी प्रशासनले बेवास्ता गरेकोमा प्रहरीप्रशासनमाथि नै शंका भएको आरोप समेत माइतपक्षले लगाएका छन् ।

त्यस्तै धनुषाको नगराइनकी आरती साहको पनि उनकै श्रीमान, ससुरालीका परिवारजनले हत्या गरेको अरोप माइतपक्षले लगाएका छन् । तर माइतपक्षलाई भने प्रहरीप्रशासनमाथि शंका लागेकाले उनीहरु धनुषा प्रहरीका अधिकारीहरुसमेतलाई कारवाही गर्न माग गर्दै लामोसमयदेखि काठमाडौँमै धर्नामा बसेका छन् ।

महोत्तरीको मटिहानीकी कविता यादव र धनुषाको नगराइनकी आरती साहको हत्यारालाई कारवाहीको माग गर्दै जनकपुरधामको जनक चोकमा स्थानीयहरुले प्रदर्शन गरेका छन् ।

कविता र आरतीको हत्या गर्ने दोषीलाई कारवाहीको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

No description available.

कविताकी आमा ममतादेवी यादवले छोरीको हत्या गर्ने उनका श्रीमान, उनका आफन्तजन र उनको साथीहरुसमेतको संलग्नतामा हत्या गरेको वर्षदिन वितिसक्दापनि दोषीहरु अझैपनि निर्वाधरुपमा घुमफिर गरिरहँदापनि प्रहरीप्रशासनले कारवाही गर्न चासो नदेखाएको आरोप लगाइन् ।

कविताकी भाइ राजिवकुमार यादवले मेरो बहिनीको हत्या गर्ने र हत्यामा संलग्न रहेकाहरुलाई कानुनी अनुसार कडा कारवाही हुनुपर्ने माग गरेका छन् ।

उनले कविताको श्रीमानको अर्कै केटीसँग अफेयर चलिरहँदा बहिनीको हत्या उनैले गरेको दावी पनि गरे ।

गत वर्ष अघि जेठको ७ गते साँझ ६ः३० बजेतिर धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नम्बर ८ की आरती साहलाई पटक पटक दाइजोको लागि उनका श्रमिान्, ससुरालगायतकाले दवाव दिने गरेका थिए । सोही क्रममा आरतीको उनीहरुले नै हत्या गरेको आरोप छ ।

यस हत्याका लागि प्रहरीमा उजुरी दिँदा प्रहरी अधिकारीहरुसमेतको शंकाष्पद भुमिका देखिएपछि माइतीपक्षले काठमाडौँ स्थित माइतघरमासमेत धर्नामा बसे ।

No description available.

आरती साहकी बहिनी मनिषा साहले दिदीको हत्यारालाई कारवाही नहुञ्जेलसम्म आन्दोलनलाई निरन्तरता दिने बताउँदै उनले धनुषाका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकको समेत शंकाष्पद भुमिका रहेको आरोप लगाइन् ।

धनुषाका एसपी र डिएसपीलाई कारवाही गर्न माग

यता महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले स्वर्गीय आरती साहको दोषीलाई कारबाही नगरिए गृह मन्त्रालय र संसद्को बेल घेराउ गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

आरती साह मृत्यु प्रकरणका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय घेर्छौँ : सभापति साह

सभापति किरणकुमार साहले घटनामा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षककोसमेत संलग्न रहेको देखिएको बताए । उनले एसपी र डिएसपीमाथि पनि कारबाही प्रक्रिया अघि नबढाएमा संसदभित्र छलफलको विषय बनाएर सांसदहरु गृह मन्त्रालय घेराउ गर्ने र संसद्को बेल घेराउ गर्न बाध्य हुने बताए ।

सभापति किरणकुमार साहले हिरासतमा लिइएका व्यक्तिलाई यातना दिने काम प्रहरी प्रशासनले गरेको पाइएको भन्दै प्रशासन नाङ्गै नाच्नेकुरा अकल्पनीय र दुःखदायी भएको बताए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित आरती साह थापा चोकमा रहेको घरमा मृत अवस्थामा फेला परेकी थिइन् । यस घटनामा धनुषा प्रहरीले उनका श्रीमान् मोतीबाबु र ससुरा मदनमोहनलाई हिरासतमा राखेर अनुसन्धान गरी धनुषा अदालतबाट पुर्पक्षका लागि हिरासतमा छन् भने माइती पक्षले आरतीको हत्या गरिएको भन्दै छानबिनका माग गर्दै आएका छन् ।