खोजवाणी संवाददाता
काठमाडौँ, असोज ४

यू—१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भारतले बंगलबादेशलाई पराजित गर्दै विजयी भएका छन् ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा भारतले बंगलादेशलाई ३—० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

यस खेलको प्रारम्भदेखि नै भारतले बंगलादेशलाई दबाबमा राखेको थियो ।

पहिलो हाफमा दुई गोल गरेको भारतले दोस्रो हाफमा एक गोल थपेको थियो । समूह ‘बी’ अन्तर्गतको उक्त खेलमा भारतका लागि पहिलो गोल जी। गोभर्भले गरेका थिए । उनले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेका थिए ।

त्यस्तै दोस्रो गोल पहिलो हाफको इन्जुरी समयमा नाओबा मेइतेईले गरेका थिए । टोलीका लागि तेस्रो गोल भने दोस्रो हाफको अन्तिम समयमा अर्जुनसिंह ओइनामले गरेका थिए । भने साफमा च्याम्पियनसिपमा ६ टोलीको सहभागिता रहेको । समूह ‘बी’ मा तेस्रो टोलीको रुपमा भुटान रहेको छ ।

समूह ‘ए’ मा आयोजक नेपाल, माल्दिभ्स र पाकिस्तान छन् । नेपालले आफ्नो पहिलो खेल आज साँझ पाकिस्तानसँग खेल्दैछ । प्रत्येक समूहबाट दुई—दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने आयोजकले जनाएको छ ।