खोजवाणी संवाददाता
काठमाडौँ, असोज ५

पूर्व मन्त्री खेमराज भट्ट मायालुको निधन भएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकारसमेत रहेका पूर्व मन्त्री भट्ट क्यान्सर रोगको उपचाररत अवस्थामा बिहीबार नै निधन भएको हो । उनको उपचार काठमाडौँ स्थित वीर अस्पतालमा भइरहेको थियो ।

२०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका पुर्वमन्त्री भट्ट गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्येका हुन् ।

उनी रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ असारमा नारायणहिटी राजदरबार, सिंहदरबारमा बम विस्फोटन गराएको थियो । पुर्वमन्त्री भट्ट त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष थिए ।