एजेन्सी, असोज ५
अभिनेता विजय एन्टनीले आफ्नी छोरी मिराको मृत्युपछि विक्षिप्ति भएका छन् ।
दक्षिण भारतीय अभिनेता एन्टनीको १६ वर्षीय छोरी मिराको मङ्गलवार राती मृत्यु भएको थियो । छोरीको अन्तिम संस्कार बुधवार चेन्नईमा गरेपछि अभिनेता एन्टनीले उनको संस्मरणमा विक्षिप्त हुँदै आफु सधैँ छोरीसँगै रहेको बताएका छन् ।
छोरीको मृत्युपछि अभिनेता एन्टनीले आफ्नो सोसल मिडियामा भावुक पोस्ट लेखेका छन् । उनले छोरी मिरा सधैँ आफूसँग रहने र जति पनि शुभ कार्य गर्दा छोरीलाई नै समर्पित गर्ने बताए । विजयले पोस्ट गरेपछि उनलाई धेरैले सान्त्वना दिएका छन् ।
विजयले एक्स (ट्विटर) मा दिवङ्गत छोरीका लागि भावुक नोट लेख्दै छोरीलाई बलियो मुटु भएकी र बहादुर बताएका छन् । उनले, ‘मेरी छोरी मिरा सबैभन्दा दयालु र बहादुर थिइन् । उनले यो संसारलाई छोडेर गइन् जहाँ कुनै जाति, धर्म, पैसा, ईर्ष्या, पीडा, गरिबी वा खराबी छैन । उनी यस्तो ठाउँमा गएकी छिन् जहाँ जताततै शान्ति छ । (मलाई लाग्छ) उनी अहिले पनि मसँग कुरा गरिरहेकी छिन् । म पनि ऊसँगै मरेँ । अब मैले उनीसँग समय बिताउन थालेको छु ।’ लेखेका छन् ।
विजयले अघि थप्दैँ लेखे, ‘म जे जति राम्रो काम गर्नेछु, त्यो उनकै नामबाट गर्नेछु ।’ बुधवार छोरीको अन्तिम संस्कारमा उनकी श्रीमती फातिमा विक्षिप्त थिइन् । थांथी टिभीले आफ्नो आधिकारिक एक्स अकाउन्टमा साझा गरेको पोस्टका अनुसार मिराको अन्तिम संस्कारको क्रममा फातिमाले भनेकी थिइन्, ‘मैले तिमीलाई ९ महिना आफ्नो गर्भमा राखेँ… तिमीले भने मलाई एक शब्द पनि भन्न सक्दिनथ्यौ ?’