सर्वदलीय बैठक जारी

खोजवाणी संवाददाता
सर्लाही, असोज ५

सर्लाही सदरमुकाम मलंगवामा स्थानीय प्रशासनल लगाएको कर्फ्यु आदेशको उल्लंघन गर्दै प्रदर्शन भएको छ ।

आज दिउँसो मलंगवाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश उल्लंघन गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिनका लागि सर्लाही प्रहरीले एक दर्जन भन्दा बढी सेल अश्रु ग्यास प्रहार गरेको छ ।

मलंगवा स्थित जिल्ला समन्वय समिति सर्लाहीको कायार्ललय अगाडि भेला भएर स्थानीयले कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन गरेका हुन् ।

बिहीबार राति गणेश भगवानको मूर्ति विसर्जन गर्ने क्रममा मलंगवा नगरपालिका वडा नम्बर ३ मा दुई समूहबीच झडप भएको थियो ।

सो झडपपछि मलंगवाको अवस्था तनावपुर्ण रहेको भन्दै स्थानीय प्रशासनले थप विग्रन नदिने गएराति देखि नै मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

मलंगवामा दुई समूहबीच झडप हुँदा ८ जना घाइते भएको छ भने एकको अवस्था गम्भीर रहेको जनाइएको छ।

गएरातिको झडपमा परेर ८ जना भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ ।

कर्फ्यु उल्लंघन गर्दै केही ठाउँमा सामान्य प्रदर्शन भएपनि अहिलेसम्म भने कुनैकिसिमको अप्रिय घटना नभएको दाबी प्रहरीको दावी छ ।

यता सर्लाहीमा दुई समुदायबीचको विवाद चर्किएर अप्रिय अवस्थाको सिर्जना भएपछि अवस्थालाई सामान्य बनाउन सर्वदलीय बैठक बसेको छ ।May be an image of 5 people

कृष्ण जन्मास्ष्टमीको दिनदेखि भएको विवादले अझैसम्मपनि साम्य हुन सकिरहेको छैन ।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जनाएअनुसार मलंगवाको अवस्थालाई सामान्यीकरण गर्न सिडिओ कार्यालयमा सर्वदलीय बैठक बसेको छ । बैठकबाट सबै पक्ष सहमतिमा आउने उनको विश्वास छ ।