खोजवाणी संवाददाता
जनकपुर, असोज ५
नेकपा एमाले परित्याग गरी दर्जनौँ युवा नेता तथा कार्यकर्ता माओवादीमा फर्केका छन् ।
नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको जनतासँग माओवादी रुपान्तरण अभियान अन्तर्गत धनुषाको शहिदनगर नगरपालिकामा निवर्तमान उपमेयर शिलादेवी कापर, युवा नेता हलखोरी कापरलगायतको नेतृत्वमा दर्जनौँ युवा नेताहरु नेकपा एमाले परित्याग गर्दै माओवादी केन्द्रमै फर्केका हुन् ।

माओवादीमा फर्केका र नवप्रवेशीहरुलाई माओवादी केन्द्रका मधेश प्रदेश ईन्चार्ज तथा केन्द्रिय सचिव लिलामणि पोख्रेल, धनुषा ईन्चार्ज अजयशंकर नायक, माओवादीका सिरहा जिल्ला ईन्चार्ज श्रवण यादव जीवन, उदय बरबरिया यादव लगायतकाले फुलमाला र अविर लगाएर स्वागत गरेका थिए ।

एमाले परित्याग गरी हलखोरी कापरको नेतृत्व एमालकी शहिदनगर नगरपालिककी निवर्तमान उपमेयर तथ एमालेबाट मेयरका प्रतियासी शिला देवी कापर, वाड नम्बर ५ का वडा अध्यक्ष प्रत्यासी उम्मेदवार राम मण्डललगायत नेता तथा कार्यकर्ता माओवादीमा फर्केका छन् ।
