
खोजवाणी संवाददाता
जनकपुर, असोज ५
बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा व्यापक अनियमितता तथा मनलाग्दी दुरुपयोग भएको भन्दै युवा विद्यार्थीहरुले कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
शुक्रबार आधा दर्जन युवा– विद्यार्थी संगठनले संयुक्तरुपमा ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै तत्काल माग पुरा गर्नुपर्ने भन्दै चेतावनीसमेत दिएका छन् ।
उनीहरुले बिगत २०७४-०७५ देखि २०७९/०८० सम्म कुन कुन निकायबाट कति आम्दानी र खर्चको विवरण र महालेखा परिक्षकको प्रतिबेदनको फोटोकोपी उपलब्ध गराउनुपर्ने, जानकी मन्दिरलगायत प्रदेशको विभिन्न मठ–मन्दिरको लागी २०७५/०७६ मा १२ करोड लाइट जडान लगायत १५ करोड र ६ करोडको खर्च विवरण उपलब्ध गराउनुपर्ने, तिरुपति तिरुमल यात्री निवास धर्मशालालाई होटेल संचालन गरि माछा मासु बिक्री वितरण गरि मनपर्दि रकम लिई रहेकोमा सम्झौता पत्र र परिषदको निर्णयको फोटोकपि उपलब्ध गराउनुपर्ने, परिषदको सरकारी अनुदान र निजी आम्दानीको २०७५ देखि २०८० सम्मको खर्च बिवरण उपलब्ध गराउनुपर्ने, कर्मचारी कल्याणकारी कोषको आम्दानी खर्च विवरण उपलब्ध गराउनुपर्ने, परिषदमा रहेको गाडी र दानमा लिए/दिएको गाडीहरुको विवरण उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।
ज्ञापनपत्र बुझाउनेमा समाजवादी विद्यार्थी युनियन नेपाल धनुषाका जिल्ला सचिव बलिराम कापरी, अखिल क्रान्तिकारी धनुषाका इन्चार्ज संजय महतो, नेपाल समाजवादी विद्यार्थी युनियन मधेस प्रदेशका अध्यक्ष सुरेन्द्र यादव, लोकतान्त्रिक विद्यार्थी संघ धनुषाका अध्यक्ष संदिप ठाकुर, अनेरास्ववियू धनुषाका अध्यक्ष शिवचन्द्र झा र समाजवादी युवा संघ धनुषाका अध्यक्ष दिपेन्द्र कापरीलगायत युवा र विद्यार्थी संगठनका अगुवाहरुले बृहत्तर कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए ।
उक्त ज्ञापनपत्रमा, ‘बिगत केही बर्ष देखि बृहत्तर जनकपुरक्षेत्र बिकास परिषदले आफ्नो संरक्षित क्षेत्रहरुलाई संरक्षण र सम्बर्द्धन गर्नुको सट्टा भ्रष्टाचार, अबैध क्रियाकलाप तथा कर्मचारी तन्त्रको चङगुलमा फसेको कुरा आम जनगुनासो बढ्दै गइरहेको कुरा सामाजिक सञ्चाल लगायत अन्य माध्यमहरुबाट यी सबै जानकारी भएको कुरा सबैलाई थाहा नै हो ।’ उल्लेख गरिएको छ ।
विद्यार्थी नेता बलिराम कापरीले ६ हामीहरुले बुझाएको ६ बुँदे मागहरु तत्काल पुरा नभएमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए ।
यस्ता छ ज्ञापनपत्र:
प्रस्तुत बिषयमा बृहत्तर जनकपुरक्षेत्र बिकास परिषद जनकपुरधाम धार्मिक, संस्कृति धरोहरहरुलाई जोगाउन, संस्कृति सम्पदा र मठमन्दिर संरक्षण एवं सम्बर्द्धन गर्नुका साथै, पौराणिक संस्कृति सभ्यताबारे प्रचारप्रसार गरि यसका महत्त्वलाई जनतालाई जगेर्ना, संस्कृति तथा पर्यटकिय क्षेत्र निर्माण गर्नु गराउने उदेश्यले गठन गरिएको हामी सबैलाई अवगत नै छ। बिगत केही बर्ष देखि बृहत्तर जनकपुरक्षेत्र बिकास परिषदले आफ्नो संरक्षित क्षेत्रहरुलाई संरक्षण र सम्बर्द्धन गर्नुको सट्टा भ्रष्टाचार, अबैध क्रियाकलाप तथा कर्मचारी तन्त्रको चङगुलमा फसेको कुरा आम जनगुनासो बढ्दै गइरहेको कुरा सामाजिक सञ्चाल लगायत अन्य माध्यमहरुबाट यी सबै जानकारी भएको कुरा सबैलाई थाहा नै हो। यसर्थ, तल लेखिएको यी सबै मागहरु सम्बोधन हुने गरि माग गरिएको उल्लेखित फाईलहरु १० दिनभित्र उपलब्ध गराउन हार्दिक अनुरोध छ। तर, हाम्रो मागहरुलाई बेवास्ता गरिएको भएकोमा हामी संयुक्त युवा र विद्यार्थीहरु चरणबद्ध आन्दोलन गर्न बाध्य हुने छ। र यसको सम्पूर्ण जिम्मेवारी परिषदले स्वयम हुने जानकारी गराउदै छौं।
१. बिगत २०७४/०७५ देखि २०७९/०८० सम्म कुन कुन निकायबाट कति आम्दानी र खर्चको विवरण र महालेखा परिक्षकको प्रतिबेदनको फोटोकोपी उपलब्ध गराउने ।
२. जानकि मन्दिर लगायत प्रदेशको विभिन्न मठ मन्दिरको लागी २०७५/०७६ मा १२ करोड लाइट जडान लगायत १५ करोड र ६ करोडको खर्च विवरण उपलब्ध गराउने ।
३. तिरुपति तिरुमल यात्री निवास धर्मशालालाई होटेल संचालन गरि माछा मासु बिक्री वितरण गरि मनपर्दि रकम लिई रहेकोमा सम्झौता पत्र र परिषदको निर्णयको फोटोकपि उपलब्ध गराउने ।
४. परिषदको सरकारी अनुदान र निजी आम्दानीको २०७५ देखि २०८० सम्मको खर्च बिवरण उपलब्ध गराउने ।
५. कर्मचारी कल्याणकारी कोषको आम्दानी खर्च विवरण उपलब्ध गराउने । ६. परिषदमा रहेको गाडी र दानमा लिए/दिएको गाडीहरुको विवरण उपलब्ध गराउने ।
बोधार्थ:- १) हेल्लो सरकार, काठमाडौं
२) अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंकाल, काठमाडौं
३) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, काठमाडौं
४) अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास, महोत्तरी
५) जिल्ला प्रशासन कार्यलय, धनुषा