खोजवाणी संवाददाता
काठमाण्डौ, असोज ६

नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् ।

शनिबार संघको अध्यक्ष पदमा उनको एकल उम्मेदवारीका कारण उनी निर्विरोध निर्वाचित भएका हुन् ।

क्यानको अध्यक्षमा चन्दको यो दोश्रो कार्यकाल हो । त्यस्तै कोषाध्यक्ष पदमा पदम खड्का निर्विरोध भए । यस पदमा उनको मात्रै उम्मेदवारी परेको छ । भने महिला सदस्यमा जयन्ती खड्का निर्विरोध निर्वाचित भइन् ।

नेपाल क्रिकेट संघको शुक्रबार काठमाडौँमा सुरु भएको साधारणसभा शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । सचिव लगायत अरु पदका लागि निर्वाचन भने जारी नै रहेको छ ।