
गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न
देवराम यादव
राजविराज, असोज ६
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरी कमाण्ड १ को आयोजनामा गाउपालिका स्तरीय अगुवा कार्यकर्ता भेला अग्नी सायर कृष्णा सवरण गाउँपालिकाको प्रशवनीमा सम्पन्न गरेका छन् ।
यस भेलामा नेकपा (माओवादी केन्द्र) अग्नी सायर कृष्णा सवरण गाउँपालिकाको गाउँ कमिटी द्वारा आयोजना गरेको अगुवा ,कार्यकर्ता भेला पालिक अध्यक्ष .बेचन चौधरीको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी अभियानका ईन्चार्ज पुर्वमन्त्री महेन्द्र पासवानको ,प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।
नेता पासवानले आम जनताले मुलुकमा भ्रष्टाचारीलाई कारागारमा थन्काउनु पर्ने र रोजगारी सृर्जना गर्नु पर्ने पक्षमा रहेको बताए । उनले वर्तमान सरकार मुलुकमा सुशासन,समबृद्घि र सामाजिक न्यायको लागी कार्य गर्नु पर्नेमा जोड दिए । उनले जनयुद्घकालिन नेता, कार्यकर्ताको नयाँ पुरानोलाई समयोजन गरेर कार्य क्षेत्रमा काम गर्नको लागि रुपान्तरणसहितको माओवादी पार्टी बनाउनको लागि अभियानको उदेश्य रहेको बताए ।
यस अभियानमा सम्पुर्ण कमरेड रुपान्तरण आफैबाट सुरु गर्नु पर्ने बताउँदै पार्टी कामको प्रचार प्रसार जनता माझ गएर गर्नु पर्नेमा जोड दिए ।
मुलुक माओवादीको एजेण्डामा चलिरहेको बताउँदै १० वर्षै महान जनयुद्घको नेतृत्वदेखि मुलुकमा भएको विभिन्न आन्दोलन लगायतको नेतृत्व माओवादीले नै गरिरहेको बताए । उनले आम जनताले मुलुकमा भ्रष्टाचारीलाई कारागार थन्काउनु पर्ने पक्षमा रहेकोले वर्तमान सरकार देशमा सुशासन,समबृद्घि,े सामाजिक न्यायको पक्षमा रहेको बताए । भ्रष्टाचार रहित र रोजगारीको ग्यारेण्टी सरकारले लिनु पर्ने उनले बताए । उनले रुपान्तरण सहितको ३ महिने अभियानलाई जनता समक्ष पुर्याउनु पर्नेमा जोड दिए ।
उनले भिजन र एकसन माओवादीसंग रहेकोले मुलुकमा परिवर्तन माओवादी पार्टीले मात्र गर्न सक्ने कुरामा जोड दिए । उनले अभियानबाट नै अब सबै प्रवृत्ति समाप्त भएर जाने दावी गर्दै उनले अबदेखि ब्यक्तिगत स्वार्थलाई छाडेर सदाका लागि आफैबाट रुपान्तरण गर्नु पर्ने बताए ।
यस अवसरमा स्थानीय समस्या विकास निर्माण लगायतको समस्या कमिटी पद्घतिबाट समाधान हुने बताए ।
यस अवसरमा बिशिष्ठ अतिथि बैक्लिपीक केन्दिय सदस्य असर्फी सदा, पुर्व प्रदेश सदस्य छेदी रजक (विमल), पुरानो वरिष्ठ महिला नेतृ सरस्वती चौधरी, प्रेस सेन्टर नेपालका केन्द्रिय सल्लाहकार देवराम यादव, पुर्व मधेस प्रदेश सभाका सदस्य प्रमिला यादव, ,पुर्व जि.स.बेचन मण्डल, कपिल सरदार, पशुपति चौधरी, अरुण चौधरी, निशा चौधरी, रामदेव यादव, श्री प्रसाद मण्डल, उमाकान्त चौधरी, ललकु सदा, राम लाल सरदार, तिरहुत गाउँपालिकाका अध्यक्ष पदका प्रत्याशी उम्मेदवार राम कुमार रजकलगायतकाले पार्टीको ३ महिने अभियान सफल पार्नका आ–आफनो शुभ कामना मन्तब्य व्यक्त गरेका थिए ।
यस भेलाबाट बेचन प्रसाद चौधरीको संयोजकत्वमा २५ सदस्यीय तीन महिने अभियान टोली निर्माण समेत गरेको छ ।
यस अभियान टोलीमा पशुपति चौधरी ,कपिल सरदार, बेचन मण्डल, निशा कुमारी चौधरी ,अरुण चौधरी, राम लाल सरदार, महेश प्रसाद चौधरी, प्रशुराम चाधरी, किसमत मंसुरी, धुरन सदा, उमाकान्त चौधरी, पुरन चौधरी, बेचन प्रसाद चौधरी, भगवती प्रसाद चौधरी, नन्दकिशोर मण्डल, पंचु सदा, प्रदिप आचार्य, रामदेव यादव, श्रीकुमारी चौधरी, शोभा चौधरी, ललकु सदालगायत रहेका छन् ।
त्यस्तै आर्थिक समितिमा भगवती प्रसाद चौधरी (संयोजक), पशुपति चोधरी, मिसमत मंसुरी, विनोद झा, प्रमिला यादव रहेका छन । त्यस्तै प्रचार–प्रसार समितिमा अरुण कुमार चौधरी(संयोजकत्वमा राम लाल सरदार, प्रदिप आचार्य, रमेश चौधरी, ललकु सदा, छोटे लाललगायतकाहरु सदस्य रहेका छन् ।
त्यस्तै साँस्कृती टोलीमा ललकु सदा, जिवन धिमिरे, श्रीप्रसाद मण्डल रहेको गाउँपालिका अभियान टोलीले जनाएको छ ।
यसै भेलावाट १ नम्बर वडाको भेला असोज ६ गते गर्न संयोजकमा निशा चौधरी, २ न.ं वडाको ८ गते गर्न कपिल सरदार (संयोजक), ३ न.ं वडाको ७ गते गर्न बेचन मण्डल (संयोजक), ४ न.ं वडाको १० गते प्रमिला यादव( स.योजक), ५ नं. वडाको ९ गते गर्न अरुण कुमार चौधरी (संयोजक) र ६ नं. वडाको ११ गते गर्न बेचन प्रसाद चौधरी (संयोजक) को जिम्मेवारी दिएको अग्नी सायर कृष्णा सवरण गाउँपालिका अभियान टोलीले जनाएको छ ।