
खोजवाणी संवाददाता
जनकपुर, असोज ७
धनुषाको बटेश्वर गाउँपालिकामा एक बालकको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमो बटेश्वर गाउँपालिका वडा नम्बर १ स्थित धुमासन टोल बस्ने बिनोद महतोका ११ वर्षिय छोरा धिरज कुमार महतो छन् ।
शनिबार दिउँसो अन्य दुइजना बालक बिगही खोला छेउमा खेलिरहँदा पानी जमेको खाल्डोमा धिरज चिप्लिएर डुबेका थिए । उनी लामो समयसम्म ननिस्केपछि संगै गएका बालकहरुले स्थानीयवासीलाई गुहारेका थिए ।
स्थानीयवासीले डुबेको बालक धिरजलाई खाल्डोबाट निकालेर प्रादेशिक अस्पताल जनकपुर उपचारका लागि पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
यता घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।