खोजवाणी संवाददाता
सर्लाही, असोज ७

सर्लाहीको बलरा नगरपालिकामा लागुऔषध गाँजासहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

सिमावर्ती क्षेत्र अवस्थित बलरा नगरपालिकाको लक्ष्मीपुरबाट लागुऔषध ३ किलोग्राम गाँजा सहित राजेशकुमार पटेललाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीका सशस्त्र प्रहरी निरीक्षक लालबहादुर रोकाको नेतृत्वमा रहेका गस्ती टोलीले बलरा नगरपालिका वडा नम्वर ३ लक्ष्मीपुर स्थित सीमावर्ती क्षेत्रमा चेक प्वाइन्टमा चेकजाँच गर्दा नेपालबाट भारत तर्फ जाँदै गरेका बिआर ३० एच ६७४५ नम्वरको भारतीय मोटरसाइकलको सिट कभरमा लुकाईराखेको अवस्थामा ३ केजी १८२ ग्राम लागु औषध गाँजा सहित आरोपित पटेललाई पक्राउ गरेको जनाइएको छ ।

मोटरसाईकल चालक सर्लाही गोडैता नगरपालिका वडा नम्वर ११ सिसौटिया बस्ने पटेललाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गाँजा, मोटरसाईकल सहित इलाका प्रहरी कार्यालय गडहिया डुमरियालाई जिम्मा लगाइएको जनाइएको छ ।