खोजवाणी संवाददाता
जनकपुर, असोज ८

राष्ट्रपति रामचन्द्र पौडेलले संघीयताको कार्यान्वयनप्रति आफु निकै गम्भीर रहेकोले यसका लागि पहल गर्ने बताएका छन् ।

सोमबार जनकपुरधाममा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीयलाई ठोसढंगले कार्यान्वयन गर्नका लागि राजनीतिक दलहरुसँग पहल गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका हुन् ।

तिरहुतिया गाछी स्थित नवनिर्मित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन कार्यक्रमपछि जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले आयोजना गरेको नागरिक अभिनन्दनको क्रममा राष्ट्रपति पौडेलले प्रदेश र स्थानीय तहलाई अधिकार बाँडफाँड गरी संघीयताको मर्म अनुसार मिलाउनुपर्ने आवश्यकता रहेको औल्याए ।

No description available.

उनले राजनीतिक दलका शीर्षनेतृत्वलाई संघीयताको संरक्षण संवद्र्धनका लागि तत्काल अधिकार बाँडफाँड गरी जनतालाई संघीयताको अनुभुती दिलाउनका लागि पहल गर्नेसमेत बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चाहेमा संघीयताले ठोसढंगले गति लिँदै तत्कालै कार्यान्वयन हुने उनको भनाइ थियो ।

No description available.

नागरिक अभिनन्दनको क्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले राष्ट्रपति पौडेललाई अभिनन्दन पत्र–प्रदान गरेका थिए ।

त्यस्तै देश र लोकतन्त्रका लागि गरेको योगदानको कदर गर्दै राष्ट्रपति पौडेललाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, नेकपा एमालेकी पोलिटव्यूरो सदस्य तथा धनुषा– ३ की प्रतिनिधिसभा सदस्य जुली महतो, पुर्वगृहमन्त्री तथा काँग्रेसका नेता विमलेन्द्र निधिलगायतकाले नागरिक अभिनन्दनसमेत गरेका थिए ।

No description available.

सोमबार विहान जनकपुरधाम आइपुगेका राष्ट्रपति पौडेलले जानकी मन्दिरमा ४० मिनेटसम्म दर्शन तथा पुजाअर्चना गरेका थिए भने मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रसँग समेत भेटघाट गरेका थिए ।

यस नागरिक अभिनन्दन कार्यक्रममा राष्ट्रपति पौडेललाई मुख्यमन्त्री सरोजकुमार यादव, धनुषा– ३ की प्रतिनिधिसभा सदस्य समेत रहेकी नेतृ पुर्वमन्त्री जुलीकुमारी महतो, पुर्वमन्त्री विमलेन्द्र निधिलगायतकाले अभिनन्दन गरेका थिए ।

 

No description available.

No description available.

No description available.No description available.No description available.No description available.