खोजवाणी संवाददाता
जनकपुर, असोज ८

जनता समाजवादी पार्टी नेपालबाट अलग भएर गठन गरिएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले लामो समयको प्रतिक्षापछि जम्बो टोली रहने गरी केन्द्रीय समितिलाई पुणर्ता दिएको छ ।

सोमबार बसेको विस्तारित समितिको बैठकबाट पुर्णता दिई गठन गरिएको ३११ सदस्यीय केन्द्रीय समिति रहने गरी लोसपा नेपालमा एकल अध्यक्षसहित ६४ जना पदाधिकारी रहेको छ ।

लोसपा नेपालको अध्यक्ष महन्थ ठाकुर रहेका छन् भने राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झासहित तीन जना वरिष्ठ नेताको जिम्मेवारी पाएका छन् । त्यस्तै नेता सर्वेन्द्रनाथ शुक्लालाई वरिष्ठ सहअध्यक्षको जिम्मेवारी दिइएको जनाइएको छ ।

वरिष्ठ उपाध्यक्षहरुमा जितेन्द्र सोनल, उमाकान्त झा, लक्ष्मणलाल कर्ण, अकवाल अहमद शाह निर्जला राउत गरी ६ जना छन् । त्यस्तै उपाध्यक्षमा १५ जना छन् । त्यस्तै १६ जनालाई महासचिवको जिम्मेवारी दिइएको छ । यसअघिका वरिष्ठ उपाध्यक्ष राउत र महासचिव कविन्द्रनाथ ठाकुरलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको जनाइएको छ ।

त्यस्तै सहमहासचिव ८ जना, सचिव ११ जना, प्रवक्ता र सहकोषाध्यक्ष १–१ जना रहेका छन् ।

जनता समाजवादी पार्टी नेपालबाट अलग भएर गठन गरिएको लोसपा नेपालले दुई वर्षभन्दा बढी समय लगाएर केन्द्रीय समितिलाई पुर्णता दिँदै नामावली सार्वजनिक गरेको हो ।

यस्तो छ नामावली

May be an image of ticket stub and textMay be an image of textMay be an image of blueprint, ticket stub and textMay be an image of textMay be an image of textMay be an image of textMay be an image of textMay be an image of text