खोजवाणी संवाददाता
बारा, असोज १०

बारामा दुई नवित्दै फेरी एक युवकको हत्या भएको छ ।

पुर्वसशस्त्र प्रहरीका जवानको हत्या भएको दुई दिन नवित्दै एक भारतीय युवालाई गोली हानी हत्या गरिएको छ ।

मंगलबार साँझ पचरौता नगरपालिका नगरपालिका वडा नम्बर ६ स्थित लक्ष्मिनियामा २२ वर्षिय अजित कुमार सिंहको हत्या भएको बारा प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराले जनाएअनुसार सिंह भारतको मोतिहारी जिल्लाको सुक्लहिया गाउँका हुन् । उनीसँगै आएका २५ वर्षिय सुजित कुमार सिंह, २४ वर्षिय चञ्चल पाण्डे, २२ वर्षिय मनिष कुमार सहानी र २० वर्षिय कामेश्वर सहानी दुईवटा अन टेस्ट मोटरसाइकलमा नेपाल प्रवेश गरेका बारा प्रहरीका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानले जनाएका छन् ।

लक्ष्मिनिया स्थित पोखरी नजिक पुगेर एउटै बाइक पछाडि बसेका सुजित कुमार सिंहले अजित कुमार सिंहलाई पछाडिबाट गोली प्रहार गरेको थियो भने उनीहरुसँगै आएका अन्य मोटरसाइकलबाट उनी भारततर्फ फरार भागेका थिए ।

घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ भने शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगंज राखिएको उनले बताए ।

यता घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा ३४ वर्षिय अमरेशकुमार सिंहको शव फेला परेको थियो ।