खोजवाणी संवाददाता
जनकपुर, असोज १०

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन भएदेखि माओवादी नेताहरु निकै उत्साहीत हुँदै गाउँघरदेखि टोल र पालिकासम्म सक्रिय भएका छन् ।

धनुषाको शहिदनगर नगरपालिकाको एक वडामा विभिन्न निर्णय गर्दै टोलस्तरीय बैठक बसाउनका लागि जिम्मेवारी बाँडफाँड गरेको जनाएको छ ।

नेकपा ( माओवादी केन्द्र ) शाहिदनगर नगरपालिका वडा नम्बर ९ स्थित बिर्ता टोलमा वडा कमिटीको अध्यक्ष झगरु मुखियाको अध्यक्षतामा बसेको बैठकबाट टोलस्तरीय बैठकका लागि जिम्मेवारी बाँडफाँड गरेको हो ।

माओवादी केन्दका केन्द्रिय सदस्य चन्देश्वर राउतको प्रमुख आतिथ्यमा बसेको बैठकबाट यही असोज १३ गते शहिदनगर नगरपालिका स्थित केउटानी टोलमा बैठक सम्पन्न गराउनका लागि नेताहरु राजेश कुमार मण्डल, जितु साफी, संजय मण्डललाई विशेष जिम्मेवारी दिएको नेता उदय बरबरिया यादवले जानकारी दिए ।

May be an image of 5 people, motorcycle, tree and text

त्यस्तै असोज २२ गते शहिदनगर नगरपालिका स्थित विर्ताटोलमा बैठक सम्पन्न गराउनका लागि स्थानीय नेताहरु बैदे सदा, राम हृदय सद , चन्दन यादव, रुपेश गोइत, मदन सदा, जगदीश सदा, लक्ष्मण सदा, मुना दासलाई विशेष जिम्मेवारी दिएको छ । भने असोज १८ गते गोठकोयलपुर टोलमा बैठक सम्पन्न गराउनका लागि स्थानीय नेताहरु जीवछ महरा, मेघनाथ मुखिया, रामवृक्ष मुखिया, विनोद गोहिबार, देवशरण गोहिबार, कारीचन सदा, चलितर महरा, प्रेम मुखियालाई विशेष जिम्मेवारी दिने बैठकबाट भएको शहिदनगर नगरपालिकाका निवर्तमान मेयरसमेत रहेका नेता उदय बरबरियाले बताए ।

त्यस्तै असोज २५ गते युवा बैठक सम्पन्न गराउनका लागि श्रीप्रसाद महरा, रुपेश गोइत, उमेश कुमार मण्डललाई विशेष जिम्मेवारी दिने निर्णय भएको छ भने असोज २४ गते दलित मुक्ति मोर्चाको बैठक गराउनका लागि जीवछ महरा, रामहृदय सदा, गुरुदयाल साफीलाई विशेष जिम्मेवारी दिने निर्णय भएको उनले बताए ।

विभिन्न टोल, वडा, पालिका, जिल्लादेखि प्रदेश तथा केन्द्रीय स्तरसम्ममा यस अभियानले माओवादीमा तरंग ल्याएको कार्यकर्ताहरु बताउने गरेका छन् ।

May be an image of 9 people, tree and text