
खोजवाणी संवाददाता
जनकपुर, असोज ११
मुस्लिम समुदायहरुको विशेष पर्व ‘पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेश प्रदेशमा सार्वजनिक विदाको घोषणा गरिएको छ ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले एक सूचना जारी गर्दै मुस्लिम समुदायहरुको विशेष पर्व ‘पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा यही असोज ११ गते बिहीबार अर्थात भोली सार्वजनिक विदाको घोषणा गरेको हो ।
मन्त्रीपरिषद् बैठकबाट निर्णय भएअनुसार बिहीबारको दिन मधेश प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको थियो ।