खोजवाणी संवाददाता
जनकपुर, असोज ११

मुख्यमन्त्री सरोजकुमार यादवले मुलुकमा अहिले संघीयता विरोधीहरु सक्रिय रहेको बताएका छन् ।

बिहीबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकमा समुदायको नाममा विभाजन गरेर द्वन्द्वको विजारोपन गरी सामाजिक सद्भाव खलबलाउनेहरु तल्लीन रहेको बताए ।

मोहम्मद पैगम्बरको जन्मदिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले सामाजिक सद्भाव खल्बलाएर संघीयता विरोधी क्रियाकलाप गर्न उद्धत रहेको बताए ।

संघीयता विरोधीहरु सामाजिक सदभाव विगार्नलाई विभिन्न खाले गतिविधिमा सक्रिय रहेको उनले बताए ।

पछिल्लो समय मधेशमा सामाजिक सदभाव बिगार्ने गरी क्रियाकलाप बढिरहेको समयमा मुख्यमन्त्री यादवले अहिले समाजमा संघीयता विरोधीहरु कुतर्क गरी देशमा अराजकता मचाउनका लागि संघीयता नचाहिने भन्दै सामाजिक द्वन्द्व तर्फ मुलुकलाई धकेल्न लागिपरेको बताए । मधेश सरकारसंग आफ्नो प्रहरी–प्रशासन नहुँदा सामाजिक सद्भाव विगार्नेहरुलाई कारवाही पनि गर्न नसकिरहेको मुख्यमन्त्री यादवले दुखेसो पोखे ।

संघीय सरकारले समेत सामाजिक सदभावमा आँच पुर्याउनेहरुलाई कडा कारवाही नगरेकोमा दुःखद रहेको उनले भने ।

त्यस्तै नेकपा एमाले नेतृ जुली महतोले पैगम्बर मोहम्मदले विश्वमै सामाजिक सद्भाव र भाइचाराको सन्देशलाई जनजनमा पुर्याउन अह्म भुमिका निर्वाह गरेको स्मरण गर्दै उनको सन्देशलाई मनन गरी व्यवहारमा लागु तथा कार्यान्वयन गर्न आग्रह गरिन् ।

May be an image of 5 people and text

May be an image of 1 person