
खोजवाणी संवाददाता
जलेश्वर, असोज १२
महोत्तरी प्रहरीले हतियारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
शुक्रबार महोत्तरीको सोनामा गाउँपालिका वडा नम्बर ५ स्थित खयरबनी चोकमा रहेको ईलाका प्रहरी कार्यालयको गस्ती टोलीले भारतबाट नेपाल आउँदै गरेको दुई जना भारतीयलाई चेकजाँच गर्ने क्रममा कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।
कटुवा पेस्तोलसहित पक्राउ पर्नेहरुमा भारत बिहार राज्य जिल्ला सितामढी जयनगर ग्रामपञ्चायत वडा नम्बर ११ बस्ने २४ वर्षिय बलबिन्द्र महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पक्राउ परेका आरोपित महतोले चलाएको भारतीय नम्बर बीआर ३० के ३४५९ नम्बरको हिरोहोण्डा मोटरसाईकलमा लुकाईछिपाई ल्याइरहेको होममेड इन्डियन कटुवा पेस्तोल एक थान र सो पेस्तोलमा लाग्ने एक राउण्ड गोली, किला उखाल्ने रड २ थान र एक थान पेचकस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
दुई थान मोटरसाईकलसहित पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
यस क्रममा प्रहरीलाई दुई भारतीय मोटरसाइकलमाथि शंका लाग्दा चेकजाच गरिएको थियो ।