खोजवाणी संवाददाता
जनकपुर, असोज १२

नेपाली काँग्रेस धनुषाको प्रचारप्रसार शाखाले पुर्णता पाएको छ ।

काँग्रेसले विधान अनुसार काँग्रेस धनुषा जिल्लाका सह–सचिव विजयकुमार यादवको प्रमुखमा रहेको प्रचारप्रसार शाखामा सदस्यहरुलाई मनोनित गर्दै पुर्णता पाएको हो ।

काँग्रेस धनुषाको जिल्ला प्रचार प्रसार शाखाको सदस्यहरुमा विद्यार्थी नेता सुजित मिश्रा, जनकपुरधाम उपमहानगरपालिकाका कार्यकारी सदस्य तथा न्यायिक समिति सदस्यसमेत रहेका राकेश विक्रम साह, प्रदिप साह, जनकपुरधाम उद्योग वाणिज्य संघका नेता जितेन्द्रप्रसाद साह, शिवकुमार यादव, उमेश यादव, ज्ञानेश्वरप्रसाद मण्डल, रमेश साह, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० की वडा सदस्य नितु मल्लिक लाभ, सुनिता यादव, इन्द्रा चौधरी झा, महेश कुमार साह, लक्ष्मी चौधरी, चन्दन ठाकुर र मो. जासिम कवारीलाई मनोनित गरिएको प्रचारप्रसार शाखाका प्रमुख विजयकुमार यादवले जनाएका छन् ।

यस शाखाले पुर्णता पाएकोमा खुसी व्यक्त गर्दै नेपाली काँग्रेस धनुषा पार्टीको हरेक गतिविधिहरु तथा सुचनाहरु पारदर्शीरुपमा विभिन्न माध्यमले सार्वजनिक गर्न सहज भएको र यसले आम नेता तथा कार्यकर्तामा समेत उत्साह थपिने प्रचारप्रसार शाखाका प्रमुख यादवले बताए ।

No description available.

नेपाली काँग्रेस धनुषाका जिल्ला सभापति योगेन्द्र पँजियारले काँग्रेसको विधान २०१७ संशोधनसहितको परिच्छेद ३ दफा १२ उपदफा ७ को (ज) र विनियमावली २०७६ परिच्छेद १७ दफा ४८ उपदफा ३ को (क) र (ख) अनुसार गठन गरिएको छ ।