खोजवाणी संवाददाता
जनकपुर, असोज १४

ग्रामिण भेगमा सक्रिय रहेको युवा नाट्यकला परिषद् (युनाप) ले नयाँ नेतृत्व प्राप्त गरेको छ ।

धनुषाको औरही गाउँपालिकामा रहेको युनापको अध्यक्षमा अनिल मिश्रलाई सर्वसम्मतरुपमा चयन गरिएको छ ।
२०४१ सालदेखि सक्रियरुपमा ग्रामिणस्तरमा सक्रियतासाथ आफ्नो प्रभाव जमाउन सफल रहेको युनापको ३९औं साधारणसभाबाट मिश्रलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । युनापको गरिमालाई नयाँ उचाईमा पु¥याउनका लागि उनीमाथि निकै आशा अपेक्षासहित भरोसाका साथ नेतृत्वको जिम्मेवारी सुम्पिएको विनोदानन्द मिश्रले बताए ।

विनोदानन्द युनापका संस्थापक अध्यक्ष हुन् ।

नेपाल पत्रकार महासंघ धनुषाका पुर्वअध्यक्षसमेत रहेका कान्तिपुर टेलिभिजनका मधेश प्रदेश व्यूरो प्रमुख समेत रहेका मिश्रको अध्यक्षतामा नवगठित कार्यसमितिमा उपाध्यक्षमा सुजित मिश्र, सचिवमा नवलकिशोर मिश्र, सहसचिवमा बृषेश मिश्र र कोषाध्यक्षमा दिलिप साहलाई मनोनित गरिएको छ ।

त्यस्तै युनापको सात सदस्यीय सल्लाहकार समितिका साथै निर्देशकमा रामरेखा पण्डितलाई नै निरन्तरता दिइएको छ ।
युनाप स्थापनाकालदेखि नै मातृभाषा मैथिली, साहित्य र नाट्यकलाप्रति समर्पित अग्रणी संस्थाको रुपमा स्थापित छ ।