खोजवाणी संवाददाता
सिरहा, असोज १४

सप्तरीबाट जनकपुरधाम आइरहेको बस सिरहामा दुर्घटना भएको छ । यात्रुबाहक बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने २५ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्याल्य मिर्चैया जनाएको छ ।

आज सप्तरीको राजविराजबाट जनकपुरधामतर्फ आइरहँदा ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बसको स्प्रिङ पट्टा भाँचिदाँ मिर्चैयामा अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए ।

प्रहरी नायब उपरीक्षक बस्नेतले जनाएअनुसार दुई जना पुरुषको घटनास्थलमै मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर २ का ४० वर्षिय राजकुमार सदा र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २०का ५२ वर्षिय अनिलकुमार झा रहेका छन् ।

त्यस्तै बसमा सवार रहेका २५ जना यात्रुहरू घाइते छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

प्रायको सामान्य उपचारपछि फर्काइएको छ भने तीन जनाको उपचार भइरहेको उनले बताए ।