
खोजवाणी संवाददाता
कलैया, असाज १४
केही दिन अघि बारा अवस्थित नेपाल–भारत सिमावर्ती क्षेत्र पचरौता अजितकुमार सिंहको हत्या भएको थियो ।
हत्या भएको केही दिनमै प्रहरीले तथ्य फेला पार्दै नयाँ रहस्य सार्वजनिक गरेको छ ।
सिंहको हत्यामा उनकी श्रीमतिकै संलग्नता पाइएको छ भने उनले आफ्नो प्रेमिसँग खुलेआम बस्नका लागि प्रेमीसँगै मिलेर हत्या गरेको देखिएको छ ।
श्रीमान सिंहको हत्याको मुख्य योजनाकार नै उनीकी श्रीमति सोहन सहनी र उनकी प्रेमी सुजितकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक सुरेश काफ्ले जानकारी दिए ।
हत्यामा संलग्न आरोपमा बारा प्रहरीले अजितकी श्रीमति २३ वर्षिया सोनम सहनी सिंहलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।
सुजितकुमार सिंह र सोनम सहनी बीच विवाह अघि देखि नै अवैध सम्बन्ध रहँदै आएको प्रहरी समक्ष सोनमले बताएकी उनले बताए ।
असोज ८ मा मध्यरातमा नेपाल–भारत सिमानाकामा सिंह मृत अवस्थामा फेला परेका थिए ।
उनलाई पचरौता नगरपालिका वडा नम्बर १ स्थित पिपरपातिमा धारिलो हतियार प्रयोग गरेर घाँटी काटेर हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
हत्या आरोपमा तीन जनालाई पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । पक्राउ पर्नेमा पचरौता नगरपालिका वडा नम्बर १ बस्ने ३५ वर्षिय श्याम लाल महतो भन्ने सामलाली, राजु शाह र श्याम लालको भाइ जागृत महतो भन्ने झोझा छन् ।
श्याम लाल महतोले धादिङमा बस्दै आएका छोरा अवधेश कुमार महतोलाई बोलाएर कान्छा छोरा धनेश कुमार महतो र भारतीय नागरिक राहुल शाह कानुको सहयोगमा हत्या गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष रहेको छ ।
हत्यामा संलग्न रहेका अन्य तीन जना भने फरार फरार छन् ।