छोरीदेखि चुच्चे नक्साबारे उठ्यो सवाल

खोजवाणी संवाददाता
जनकपुर, असोज १४

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको छिमेकी मुलुक चीनको लामो भ्रमणपछि उनी नेपाल फर्किएका छन् ।

उनले लामो समय चीनमा विताएर फर्किएपछि निकै टिकाटिप्पणीपनि भइरहेको छ ।

यस क्रममा सत्ताधारी दलदेखि प्रतिपक्षीले भने प्रधानमन्त्री चीनको भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री प्रचण्ड निकट रहेका प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्रीको विदेश भ्रमणलाई पारिवारिक भ्रमणको रुपमा उनले व्याख्या गरेका छन् ।

नेपाली काँग्रेसका पुर्वनेतासमेत रहेका स्वतन्त्र प्रतिनिधिसभा सदस्य सिंहले प्रचण्डले छोरी गंगा दाहाललाई चिनाउने भन्दा बाहेक कुनै उपलब्धि नभएको प्रतिक्रिया दिएका हुन् ।

नेता सिंहले प्रधानमन्त्री प्रचण्डको भ्रमणबाट छोरीलाई चिनाउने बाहेक कुनै फाइदा नभएको टिप्पणी गरे ।

May be an image of 12 people, aircraft and text

उनले प्रधानमन्त्रीको चीन भ्रमणमा तिर्थयात्रा भएको भन्दै उनले तिर्थयात्रा गर्न प्रधानमन्त्रीको आवश्यकता नरहेको समेत बताए । उनले समग्रमा भन्नु पर्दा प्रधानमन्त्रीको भ्रमण उपलब्धीमुलक नभएको प्रतिक्रिया दिए ।

त्यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका क्रममा दुई देशका बीचमा उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा सदस्य भट्टराईले भ्रमणका क्रममा ताइवान र तिब्बतको मुद्दामा चीनलाई विश्वस्त नसकिएको बताए ।

उनले अर्थको सवालमा चीनसँग गम्भीरताका साथ डिलिङ गर्न नसकेकोसमेत बताए । उनले नेपालप्रति चीनका कतिपय आशंकाहरुसमेत रहेको बताउँदै उनले ती आशंकाहरु मेटाउने सवालमा चुकेको बताए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य मनिष झाले प्रधानमन्त्रीको चीन भ्रमण सफल रहेको बताए ।

प्रतिनिधिसभा सदस्य झाले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण औसतभन्दा सफल रहेको बताउँदै उनले भ्रमणलाई असफल भन्नु नहुने टिप्पणी गरे । उनले प्रधानमन्त्रीले अमेरिका, चीन र भारतको भ्रमणमा आर्थिक, वातावरण, भाइचारा र संस्कृतिका मुद्दाहरुलाई प्राथमिकता दिएको बताए । उनले राजनीतिक मुद्दा उठाउन प्रधानमन्त्री सजग भएको भन्दै उनले प्रधानमन्त्रीले भ्रमणका क्रममा कुनै राजनीतिक जोखिम रहित भएको बताए ।

उनले चीन भ्रमणको क्रममा नेपालको चुच्चे नक्साको सन्दर्भमा कुरा नउठाएको भन्दै उनले रास्वपाको प्रश्न रहेकोसमेत बताए ।

त्यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणपछि दुई देशका बीचमा थप विश्वासको वातावरण सिर्जना भएको टिप्पणी गरे ।

प्रमुख सचेतक लेखकले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणले दुई देशका बीचमा विश्वासको वातावरण थप गरेको बताउँदै प्रधानमन्त्रीको चीन भ्रमण उत्साहजनक भएको टिप्पणी गरे । उनले चीन भ्रमणका क्रममा नेपालको राष्ट्रिय स्वाभिमानलाई जोगाउँदै यसै आधारमा छलफल हुन सकेको बताए । उनले भ्रमण सफल भएकोमा खुसी रहेको समेत बताए ।