खोजवाणी संवाददाता
काठमाण्डौ, असोज १६

बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

आज दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जनाएका छन् ।

आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको चैनपुर स्थित तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको हो ।

बझाङ सदरमुकाम चैनपुरका कैयन पक्कीघरहरु चर्किएपनि यकिन संख्यासहितको विवरण आउन बाकी छ ।

भूकम्पपछि स–साना पराकम्पहरु समेत आइरहेकाले स्थानीयवासी त्रासको अवस्थामा छन् । भने व्यवसायीहरुदेखि सर्वसाधारणसम्म अहिले खुला ठाउँमा भेला भएर बसिरहेका छन् ।